7 years ago
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ । तर, त्यसका लागि मंगलबार हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ ।
नेपालले लागतार दोस्रो जित हासिल गर्ने क्रममा सामूहिक प्रदर्शन गरेको थियो । ओपनर सुवास खकुरेल र अनिल शाहले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । अनिलले ४३ रन र सुवालले १४ रन जोडे ।
कप्तान पारस खड्काले ११ रन रन बटुले भने उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन जोडे । अघिल्लो दिन अर्धशतक पुरा गरेका दीपेन्द्र सिंह ऐरीले ३३, सागर पुनले १४ रन बनाए । आरिफ शेख ४ र सोमपाल कामी ० मा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको सिांपुरले कप्तान चेतन सूर्यवंशीले ६० रनको मद्दतमा ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए ।
नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३/३ विकेट लिए। सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे । ललित खेलका म्यान अफ दी म्याच घोषित भए ।
अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]