default_image

7 years ago

September 22, 2018

सन्दीप धेरै देशमा क्रिकेट खेल्ने सुचिमा

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा परेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा लेग स्पिनर सन्दीपको नाम पनि अटाएको छ ।

सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा थालेका सन्दीप छोटो समयमा नै विश्व क्रिकेट जगटमा आफ्नो राम्रो छाप छोड्न सफल भएका छन् । धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीको शीर्ष स्थानमा अफगानिस्तानका ३३ वर्षीय अलराउण्डर मोहम्मद नाबी र लेग स्पिनर रसिद खान छन् । दुवैले अहिले सम्म १० देशमा खेलिसकेका छन् । पाकिस्तानका भरपर्दा तथा अनुभवी ब्याट्सम्यान शोएब मलिक, लेग स्पिनर शादाब खान र बंगलादेशका ओपनर ब्याटम्यान तमिम इकबाले समान ९ देशमा टी–२० खेलेका छन् । गुग्ली ब्वाईु सन्दीपले पनि ९ देशमै टी–२० क्रिकेट खेलि सकेका छन् ।

पछिल्लो समय प्रसिद्ध टी– २० लिग खेल्न भ्याइ नभ्याई रहेका सन्दीप आईपीएल पछि ग्लोबल टी–२० क्यानडा, क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिसकेका छन् । उनले खेलेका सबै लिगमा राम्रो प्रभाव छाडेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा पनि नाङरहार क्लबले सन्दीपलाई अनुबन्ध गरिसकेको छ ।

आईपीएलमा सन्दीपले ३ खेल खेल्दै ५ विकेट लिएका थिए भने क्यानडाको ग्लोबल टी-२० मा  ५ खेलमा ८ विकेट हात पारे । यस्तै सीपीएलमा सुरुआती ५ खेल मात्र खेल्न पाएका सन्दीपले ७ विकेट लिँदै अन्तर्राष्ट्रिय क्रिकेट लिगमा राम्रो छाप छाडेका छन् । सन्दीप अहिले अक्टोबर ३ देखी १२ सम्म मलेसियामा हुने टी–२० विश्वकप उप–क्षेत्रिय छनोटका लागि नेपाली १८ सदस्य टोलीसँगै टीयू क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा छन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.