default_image

7 years ago

September 23, 2018

एसिया कप क्रिकेट : भारत र पाकिस्तान भिड्दै

134 views

0 Bookmark

यूएई (एजेन्सी) – यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज दुई खेल हुदैँछन् । उपाधिका दुई प्रमुख दाबेदार टोली भारत र पाकिस्तान भिड्ने छन् । यी दुईबीचको खेल युएईको दुबईमा हुने छ ।

त्यस्तै अर्को खेलमा बंगलादेशले अफगानिस्तानको सामना गर्ने छ । यी दुई बीचको खेल आबुधाबीमा हुने छ । दुबै खेल नेपाली समय अनुसार बेलुका ५ः१५ बाट सुरु हुने छ । समुह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । पाकिस्तान समुह चरणको हारको बदला लिने सोचका साथ मैदान प्रवेश गर्ने छ । समुह चरणमा फराकिलो जित आत्मासात गरेको भारत उच्च मनोबलका साथ त्यहि नजिता सुपर फोरमा पनि निकाल्न चाहान्छ ।

त्यस्तै समुह चरणमा अफगानिस्तानसँग १३६ रनको अप्रत्याशित हार भोग्न पुगेको बंगलादेश खेलमा सुधार गर्दै फाइनल यात्राको आसा कायमै राख्न जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । शुक्रबार भएको सुपर फोरको खेलमा भारतले बंगलादेशलाई ७ विकेटले तथा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेका थिए । अब सुपर फोरको अन्तिम खेलमा मंगलबार अफगानिस्तानले भारतसँग र बुधबार पाकिस्तानले बंगलादेशसँग खेल्ने छन् । शीर्ष दुई टोलीले उपाधिको लागि असोज १२ गते दुबईमा भिड्ने छन् ।

समुह ‘ए’ बाट भारत विजेता र पाकिस्तान उप विजेता हुदैँ सुपर फोरमा स्थान बनाउँदा ‘बी’ बाट अफगानिस्तान समुह विजेता हुदाँ बंगलादेश उप विजेता हुदैँ सुपर फोरमा स्थान बनाएका हुन् । श्रीलंका र हङकङ जित विहिन हुदैँ समुह चरणबाटै घर फर्किएका थिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.