default_image

7 years ago

September 23, 2018

एसिया कप : भारत विरुद्ध पाकिस्तान – सम्पूर्ण जानकारी

176 views

0 Bookmark

एजेन्सी – एसिया कप क्रिकेटको सुपर फोर खेलमा आज उपाधिका दुई प्रमुख दावेदार टोली भारत र पाकिस्तान भिड्दै छन् । आज सुपर फोरकै अर्को खेलमा अफगानिस्तान र बंगलादेशको खेल भएपनि यो खेल निकै महत्त्वका साथ हेरिएको छ । खेल नेपाली समय अनुसार बेलुका ५ : १५ बाट दुबईमा सुरु हुने छ ।

आन्तरिक द्वन्दका कारण एक अर्का देशबीच श्रृंखला खेल्न नमान्ने यी दुई देश प्राय यस्तै ठूला प्रतियोगिातमा मात्र भिड्ने गर्दछन् । समुह चरणमा भारतसँग ८ विकेटले पराजित भएको पाकिस्तान खेलमा केहि सुधार गर्ने आसा गरिएको छ । सन् २०१७ जुनमा इङ्ल्यान्डमा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १८० रनको पराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

पाकिस्तानले पछिल्लो समय खेलमा निकै सुधार र उत्कृष्ट प्रर्दशन गर्दै आएको छ । तर जारी प्रतियोगितामा विश्फोटक ब्याट्सम्यान फखर जमान, तीव्र गतिका बलर मोहमद अमिर र हसन अली जस्ता मुख्य खेलाडी चल्न नसक्दा
सोचे जस्तो प्रर्दशन गर्न भने सकिरहेको छैन । त्यस्तै भारतीय टिममा रन मेसिनको उपनामले चिनिने कप्तान विराट कोहलीलाई एसिया कपमा आराम दिएको छ । अलराउण्डर हार्दिक पाण्ड्या समुह चरणको खेलमा पाकिस्तानबीरुद्ध फिल्डीङ गर्ने क्रममा घाइते भएपछि एसिया कप गुमाउने भएका छन् ।  यी दुई खेलाडीको अभाव टिममा देखिन सक्ने देखिएको छ ।

पाकिस्तानले भारतको यी कमजोर पाटोको फाइदा उठाउन सक्छ । हालसम्म भारतले ५ र पाकिस्तानले २ एसिया कपको उपाधि जितेका छन् । एसिया कपमा भारत र पाकिस्तान ११ पटक भिडेका छन् । जस्मा भारत ७ मा जित र ४ खेलमा पराजित भएको छ । त्यस्तै १२५ वान डे खेलमा पाकिस्तान ७३ खेलमा विजयी हुदाँ ५२ खेलमा पराजित भएको छ । वान डे विश्वकपमा भने पाकिस्तानले भारतलाई हराउन सकेको छैन । ६ खेलमा ६ खेलमानै पराजित भएको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.