default_image

7 years ago

September 23, 2018

बंगलादेशद्धारा अफगानिस्तानसामु २ सय ५० रनको लक्ष्य प्रस्तुत

125 views

0 Bookmark

एजेन्सी– एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशले अफगानिस्तानलाई २ सय ५० रनको लक्ष्य दिएको छ । आबुधाविमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४९ रन बनाउन सक्यो ।

बंगलादेशका लागि ओपनर लिटन दासले ४३ बलमा ३ चौका प्रहार गर्दै ४१ रन बनाए । बंगलादेश कुनै समय २१ ओभरमा ८७ रन बनाउन ५ विकेट गुमाएर दयनिय अवस्थामा पुगेको थियो । तर छैटौँ विकेटका रुपमा महामुदुल्लाह र इमरुल कायेसले १३७ रनको उत्कृष्ट शतकीए रनको साझेदारी गर्दै वंगलादेशलाई २१५ – ६ को स्थितिमा पुर्याए ।

४३ औं ओभरमा आउट हुनु अघि महामुदुल्लाहले ८१ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ७४ रनमा पेभिलिएन फर्कए । त्यस्तै कायेस ८९ बलमा ६ चौका प्रहार गर्दै ७२ रनमा नट आउट रहे । त्यस्तै मुश्फिकर रहिम ३३, नज्मुल हुसेन सान्टो ६, कप्तान मशरफी मुर्तजा १० र मेहन्दी हसन मिराज ५ रनमा नट आउट रहे । अफगानिस्तानका अफतब आलमले ३ विकेट लिए भने मुजीब उर रहमान र रसिद खानले समान १ विकेट लिए ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.