7 years ago
September 24, 2018
यूएई (एजेन्सी) – एसिया कप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार टिम भारत एक खेल अगाडी नै फाइनमा प्रवेश गरेको छ । आइतबार राती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

ओपनरशिखर धवन र कप्तान रोहित शर्माले शतक प्रहार गरेपछि २ सय ३८ रनको लक्ष्य भारतले ३९ ओभर ३ बलमा मात्र एक विकेटको क्षतिमा पुरा गरेको हो । भारतीय ओपनर धवन र रोहित सामु पाकिस्तानका बलर निरिह सावित भए । भारतलाई सहज जिताउन धवन र शर्माले पहिलो विकेटको लागि २ सय १० रनको साझेदारी गरेका थिए ।
खेलको ३४ अौं ओभरमा हसन अलीको रन आउटको शिकार हुनु अघि धवनले १०० बलमा १६ चौका र २ छक्का प्रहार गर्दै ११४ रन बनाए । त्यस्तै रोहित शर्माले ११९ बलमा ४ छक्का र ७ चौका प्रहार गर्दै १११ रनमा नट आउट रहे । त्यस्तै अम्बाटी रायुडू पनि १२ रनमा नट आउट रहे । पाकिस्तानले आफ्ना ६ बलर प्रयोग गरेपनि कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शोएब मलिकले ९० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७८ रन बनाए पनि त्यो टिमको जितको लागि पर्याप्त हुन सकेन । खराब सुरुवात सुरुवात गरेको पाकिस्तान पहिलो विकेटको रुपमा ओपनर इमाम उल हकलाई ७ ओभर ६ बलमा ब्यक्तिगत १० रनमा गुमाएको थियो ।
दोस्रो विकेटका रुपमा फखार जमानलाई व्यक्तिगत ३१ रनमा गुमाउनु परेको थियो । जमान कुलदिप यादवको बलमा एलबीडब्लुको सिकार भएका थिए । जमान आउट भएको अर्को ओभरमा बाबर आजम ९ रनमा रन आउटको सिकार भएपछि पाकिस्तान थप दबाबमा आएको थियो । चौथो विकेटका लागि मालिक र कप्तान सरफराज अहमदले १०७ रनको सतकीय साझेदारी गर्दै पाकिस्तानलाई सम्मानजनक स्थितीमा पुर्याए । सरफराजले ६६ बलमा २ चौका प्रहार गर्दै ४४ रन बनाए ।

आक्रमक ब्याटिङ गरेका आसिफ अलीले २१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रनमा आउट भए । आसिफ अली नेपालमा भएको एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेलेका थिए ।पाकिस्तानका अन्य सादब खान १० रनमा आउट हुँदा महोमम्द नवाज १५ र हसन अली २ रनमा नट आउट रहे । पाकिस्तानलाई मध्यम स्कोरमा रोक्न भारतका लागि जस्प्रित बुमराह, युजवेन्द्र चाहल र कुलदिप यादवले समान २ विकेट लिएका थिए ।
समुह ‘ए’ को विजेता भारत सुपर फोरमा लगातार दुई खेलमा जित निकाल्दै फाइनल यात्रा पक्का गरेको हो । भारतले सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो । सुपर फोरबाट अफगानिस्तान लगातार दोस्रो हार खादैँ प्रतियोगिातबाट बाहिरिएको छ ।
अबफाइनलमा सुपर फोरमा एक एक खेल जितेका बंगलादेश र पाकिस्तान मध्य एक टिम जाने छन् । यी दुई बीचको खेल आगमी बुधबार हुने छ । विजेतानै फाइनल प्रवेश गर्ने छ भने पराजित हुने टोली सुपर फोरबाट घर फर्किने छ । भारतले सुपर फोरको अन्तिम खेलमा आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]