7 years ago
September 24, 2018
यूएई (एजेन्सी) – एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशबीरुद्ध अन्तिम ६ बलमा ८ रन बनाउन नसक्दा अफगानिस्तान सुपरफोर बाटै बाहिरिएको छ । रोमाञ्चक खेलमा २ सय ५० रनको लक्ष्य पक्ष्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा मात्र २ सय ४६ रन बनाउन सक्यो ।

अन्तिम ओभरमा अफगानिस्तानालाई जितको लागि ६ बलमा ८ रन चाहिएको थियो । तर बंगलादेशका मुस्ताफिजुर रहमानले मात्र ४ रन दिएर एक विकेट लिएपछि अफगानिस्तान ३ रनले पराजित भएको हो । अफगानिस्तानका लागि ओपनर महमद सहजादले ८१ बलमा ८ चौका प्रहार गर्दै ५३ रन बनाए । हस्मतुल्लाह शाहिदीले ९९ बलमा ५ चौका प्रहार गर्दै ७१,कप्तान अस्गर अफ्घानीले ४७ बलमा २ चौका र प्रहार गर्दै ३९ र आक्रमक ब्याटिङ गरेका महोमम्द नाबीले २८ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३८ रनबनाए पनि त्यो जितको लागि प्रयाप्त रन हुन सकेन ।
अफगानिस्तानका अन्य ब्याट्सम्यानमा इहसनुल्लाह ८,समिउल्लाह शेनवारी २३ रनमा नट आउट रहदा रसिद खान ५ रनमा आउट भए । बंगलादेशलाई जिताउन कप्तान मसरफे मोर्ताजा र मुस्ताफिजुर रहमानले समान २ विकेट लिदाँ सबिक अल हसन र महामुदुल्लाहले पनि समान १ विकेट हात पारे ।
त्यसअघि आबुधाविमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो । बंगलादेश कुनै समय २१ ओभरमा ८७ रन बनाउन ५ विकेट गुमाएर दयनिय अवस्थामा पुगेको थियो । तर छैटौँ विकेटका रुपमा महामुदुल्लाह र इमरुल कायेसले १३७ रनको उत्कृष्ट शतकीए रनको साझेदारी गर्दै वंगलादेशलाई २१५ – ६ को स्थितिमा पुर्याएका थिए । ४३ औं ओभरमा आउट हुनु अघि महामुदुल्लाहले ८१ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ७४ रनमा पेभिलिएन फर्कएका थिए । त्यस्तै कायेस ८९ बलमा ६ चौका प्रहार गर्दै ७२ रनमा नट आउट रहे ।

ओपनर लिटन दासले ४३ बलमा ३ चौका प्रहार गर्दै ४१, मुश्फिकर रहिम ३३, नज्मुल हुसेन सान्टो ६, कप्तान मसरफे मोर्ताजा १० र मेहन्दी हसन मिराज ५ रनमा नट आउट रहे । अफगानिस्तानका अफतब आलमले ३ विकेट लिए भने मुजीब उर रहमान र रसिद खानले समान १ विकेट लिएपनि टिमलाई हारबाट टार्न भने सकेनन् ।
समुह ‘बी’ को विजेता अफगानिस्तानले उत्कृष्ट प्रर्दशन गर्दा गर्दै पनि सुपर फोरबाट बाहिरीनु परेको छ । सुपर फोरमा पाकिस्तानसँग ३ विकेट र बंगलादेशसँग ३ रनले पराजित हुदाँ अफगानिस्तान सुपर फोरमै रोकिएको हो । समूह चरणमा बंगलादेशलाई १ सय ३६ तथा श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले उत्कृष्ट प्रर्दशन गरेको थियो ।
मंगलबार हुने अन्तिम खेल भारतलाई पराजित गरेपनि अफगानिस्तान फाइनमा पुग्न सक्दैन । दुई खेलमा दुईमानै जित निकाल्दै भारत फाइनलमा पुगि सकेको छ । त्यस्तै समान दुइ खेलमा समान १ खेलमा जित निकालेका पाकिस्तान नेट रनरेटका आधारमा दोस्रो स्थान र बंगलादेश तेस्रो स्थानमा रहेका छन् । यी दुई देशबीचको खेल आगमी बुधबार हुने छ । विजेता टोलीनै भारतसँग फाइनलमा उपाधिको लागि भिड्ने छ । अफगानिस्तान भने दुइ खेलमा दुईमा पराजित हुदैँ पुछारमा रहेको छ ।

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]