7 years ago
September 24, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोली लेखबहादुर (एलबी) क्षेत्रीको आत्मसंस्करण प्रकाशित हुने भएको छ । नेपाली खेलाडीको पहिलो आत्मकथाका रुपमा ओलम्पियन सुरेन्द्र हमालको पुस्तक प्रकाशन गरेको क्रियटिभ बुक्सको यो पाँचौं प्रकाशन हो । क्षेत्री उनै हुन, जसले आफू क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र ५ को अध्यक्ष हुँदा नेपालमा महिला क्रिकेटको सुरुवात गराएका थिए ।

पुख्र्यौली थलो पर्वतबाट भारतको पश्चिम बंगालमा सपरिवार २४ वर्ष बस्दा क्षेत्रीले क्रिकेट यात्रालाई टेनिस बलदेखि ए डिभिजन लिगसम्म पु¥याए । भारतको चर्चित जाइन्ट क्लव मोहम्मडनदेखि बेलगाछिया, बाटा हुँदै मेट्रो रेलको टीमबाट खेलेका क्षेत्री नेपाल फर्केर स्थानीय क्लबहुँदै नेपाली क्रिकेटको पहिलो राष्ट्रिय टिममा परे ।
सन् १९९८ मा काठमाण्डौमा भएको दोस्रो एसीसी प्रतियोगितामा नेपाली टिमको कप्तानी सम्हाले । २०५० सालदेखि कोहलपुर बस्दैआएका क्षेत्रीले २०५२ सालमा बाँके टीमबाट स्वदेशी मैदानमा कलैयाबाट ‘डेब्यु’ गरे । त्यसलगत्तैको १२ औं जय ट्रफी खेलेपछि उनी राष्ट्रिय टीममा परे ।
सन् १९९६ मा नेपाली टोलीले पहिलो मलेसियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्षेत्री टीमका उपकप्तान थिए । दुई वर्षपछि १९९८ मा कप्तान भए । बाँके टिमको समेत कप्तान रहेका क्षेत्रीले ०५६ सालमा राजबिराजमा भएको १६ औं जय ट्रफीसम्म खेले ।
२०६० सालमा क्षेत्री नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष भए । २०६१ देखि सुरु भएको छात्रा क्रिकेटको परिकल्पनाकार उनै थिए । २०६१ फागुन १५ देखि २२ गतेसम्म कोहलपुर क्रिकेट मैदान र मंगलप्रसाद माविमा छात्राले क्रिकेट खेल्दा धेरैले नौलो माने ।
२०६१ माघ १९ मा राजाले कु गरेपछि क्यान पुनर्गठन भयो । २०६२ मा भएको पुनर्गठनमा एलबी परेनन् । २०६३ सालमा पुनः क्यानमा फर्किए । यो बेला उनले लेदरबलले छात्रा क्रिकेट प्रतियोगिता गराए । २०६४ मा बाँके र रुपन्देहीको छात्राका बीचमा मैत्रीपूर्ण म्याच भयो । त्यही साल असारमा महिलाको राष्ट्रिय लिग भयो ।
महिला क्रिकेट राष्ट्रिय लिग हुँदा क्षेत्री संयोजक थिए । लिगबाट राष्ट्रिय टोली बन्यो । त्यसमा कप्तान नेरी थापामगरसहित बाँकेका सात जना खेलाडी परेका थिए । नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय म्याच मलेसियामा खेल्यो । महिला टोलीको प्रवन्धक बनेर क्षेत्री नै गएका थिए ।
भारतमा पाँच वर्ष ए डिभिजन खेल्नु, नेपालको पहिलो टोलीको उपकप्तान हुँदै कप्तान, महिला क्रिकेटको शुरुवातकर्ता, क्यानमा कप्तानको तर्फबाट प्रतिनिधित्व गर्ने पहिलो व्यक्तिका साथै अहिले उनी आइसीसीले क्यानलाई चलायमान गराउन बनाएको स्वतन्त्र समूहको सदस्य छन् ।
यी सबै भोगाई र अनुभवलाई क्षेत्रीले आफ्नो आत्मकथामा समेटेका छन् । उनको पुस्तकले नेपाली क्रिकेटमा व्यवसायिक सपना बोकेर आएका खेलाडी र राजनीतिक हस्तक्षेपबिरुद्ध जुटेका क्रिकेटप्रेमीलाई प्रेरणा मिल्ने क्रिएटिभ ह्यान्डले विश्वास लिएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]