7 years ago
September 25, 2018
एजेन्सी – निकै चर्चामा रहँदै अाएका नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१८ मा छनोट भएका छन् ।

युनाइटेड अरब इमिरेट्स (युएई ) मा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई इङ्ल्यान्डका वान डे र टी–२० क्रिकेटका कप्तान अोइन मोर्गन आइकन खेलाडी र कप्तान रहेको टिम केरला किंग्सले ड्राफ्टमार्फत छनोट गरेको हो । सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाख (३४ लाख ८३ हजार ) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । सन्दीपको टिममा विस्फोटक ब्याटम्यान क्रिस गेल, किरण पोलार्ड, तिब्र गतिका बलर जुनैद खान र अलराउण्डर टम कुरान जस्ता स्टार क्रिकेटर रहेका छन् ।
टी–१० लिगमा कुल ६ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। केरला किंग्सको आइकन मोर्गन, मराठाको राशिद खान, पख्तुन्सको शहिद अफ्रिदी,पन्जाबीको शोयब मलिक, कराचियन्सको शेन वाटसन, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम रहेका छन्।

सन्दीप कुन लिगमा कति रकममा अनुबन्ध भए ?
आइपीएलमा २० लाख भारु आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिात खेल्न भ्याइ नभ्याई रहेको छ । आईपीएलपछि ग्लोबल टी–२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक पाएका थिए ।
अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ ।
यस्तो छ अन्तर्राष्ट्रिय लिगमा सन्दीपको प्रर्दशन
आइपीएलमा ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीपले क्यानडाका ५ खेलमा ८ विकेट लिए। यस्तै सीपीएलमा सुरुवाती ५ खेल खेल्न पाएका सन्दीपले ७ विकेट लिएका छन् र आफु कुन स्तरको बलर हो भनेर अन्तर्राष्ट्रिय क्रिकेट जगतमा आफुलाई प्रमाणित गरि सकेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]