7 years ago
March 5, 2019
एजेन्सी – पाकिस्तान प्रिमियर लिग(पीएसएल) अन्तर्गत मंगलबारको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स पेशावर जाल्मीसँग ४ विकेटले पराजित भएको छ । १ सय २५ रनको सामान्य लक्ष्य पेशावरले १ बल अगाडी ६ विकेट गुमाउँदै पुरा गर्यो ।

पेशावारको जितमा मिस्बाह उल हकले उत्कृष्ट ब्याटिङ गरे । हकले ५५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५९ रनमा नट आउट रहे । एवि डी भिलियर्स घाईते हुँदा फखार जमानले लाहोरको कप्तान गरेका थिए । खराव प्रर्दशन गरेका सन्दीपले २.१ ओभरमा २२ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । सन्दीपले आठौं ओभरमा ३ रन मात्र खर्चिए । उनले तीन सिंगल र तीन बल डट गराए । १० औं ओभरको पहिलो र दोस्रो बलमा मिस्बाह उल हकले सन्दीपलाई छक्का प्रहार गरेपछि १८ रन खर्चिन पुगे ।
१० औं ओभरमा महँगो सावित भएका सन्दीपलाई कप्तान जमानले अन्तिम ओभरमा रायन टेन डेस्काटे घाइतेभएपछि पाँचौ बल गर्न दिएका थिए । कुनै समय ६.२ ओभरमा २०-५ को कमजोर अवस्थामा पुगेको पेशावरलाई हकले कप्तान डारेन स्याम्मीसँग १ सय रनको सतकीय साझेदीरी गर्दै जित पक्का गरे ।
स्याम्मीले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए । पेशावरका अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । लाहोरका लागि शाहिन शाह अफ्रिदीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चेर ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । डेविड विसा,रायन टेन डेस्काटे र राहत अलीले समान एक एक विकेट लिए ।
त्यसअघि आबुधावीमा टस हारेर पहिला ब्याटिङ थालेको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । उसका लागि हरिस सोहेलले सर्वाधिक ४३ रन बनाए । डेविड विसाले १६ बलमा समान दुई छक्का र चौका प्रहार गर्दै २६ रनमा नट आउट रहे । उमर मसुद २२,सोहेल अख्तर र फकार जमानले समान ११ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
पेशावरका लागि टिम मिल्सले ३,समिन गुल २,वहाव रियाज र लियाम डोसनले समान एक एक विकेट लिए । यो हारसँगै लाहोरको अघिल्लो चरणको संभावना लगभग सकिएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]