default_image

5 years ago

March 12, 2019

पीएसएलमा सन्दीप : प्रदर्शनमा एकरुपताको कमी

56 views

0 Bookmark

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) खेलेर नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आज नेपाल फर्कंदै छन् । सन्दीप आज दिउँसो ३:३५ बजे नेपाल आईपुग्नेछन् ।

सन्दीप टिम लाहोर कलन्दर्स १० खेलबाट ७ हार र ३ जितका साथ पुछारमा रहँदै समुह चरणबाट बाहिरियो । सन्दीपले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १ सय ८९ रन खर्चेर ११ विकेट आफ्नो नाममा लेखाए । उनले यसक्रममा प्रतिओभर ७.६६ रन खर्चेर १७.११ को औसतमा विकेट लिए । सर्वाधिक विकेट लिने सुचिमा मंगलबारसम्म सन्दीप आठौं स्थानमा छन् ।

सन्दीपले पीएसएलमा केहि खेलमा उत्कृष्ट बलिङ गरेपनि पछिल्ला खेलमा भने लय गुमाए । टोलीका लागि मुख्य स्पिनरको भूमिका निर्वाह गरेका उनीमाथि केहि दबाब पनि परेको हुनसक्छ । तर शीर्ष श्रेणीको क्रिकेटमा बानी बसालेका सन्दीपबाट नियमित राम्रो प्रदर्शन अपेक्षा गर्न थालिएको छ । उनले विश्वका शीर्ष फ्रेन्चाइज लिगमा अनुभव बटुलिसकेका छन् । अब उनले उक्त अनुभवलाई नियमित राम्रो प्रदर्शनमा ढाल्नुपर्छ । फेन्चाइज लिग खेल्न भ्याई नभ्याई रहेको सन्दीप अब मार्च २३ देखि सुरु हुने आईपीएल खेल दिल्ली जाने छन् । उनले दिल्ली क्यापिटल्सबाट खेल्नेछन् ।

सम्रगमा यस्तो रह्यो सन्दीपको प्रर्दशन

बिग ब्यासको कारण सुरुवाती तीन खेल गुमाएका सन्दीपले ७ खेल मध्य ५ मा विकेट लिँदा २ खेलमा विकेटविहिन बने । एक खेलमा सन्दीप म्यान अफ द म्याच नै चुनिए । मुल्तान सुल्तानसँग डेब्यू गर्दै ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिँदै मिश्रित सुरुवात गरेका सन्दीपले जेम्स भिन्स, पाकिस्तानका पुर्व कप्तान सोएव मालिक र आन्द्रे रसेललाई आफ्नो डेब्यू शिकार बनाए ।

दोस्रो खेलमा क्वेटा ग्ल्याडीयटर्सविरुद्ध कसिलो बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । अहसन अलीलाई आउट गरे । तेस्रो खेलमा पुन ग्ल्याडीयटसविरुद्ध खेल्दै सन्दीपले म्यान अफ द म्याच चुनिदै अविश्वसिनिय बलिङ गरे । सन्दीपले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिए । शेन वाटसन, राइली रुसो, उमर अकमल र दाजिज अनिस सन्दीपको गुग्लीमा फस्दै पेभिलिएन फर्के ।

चौथो खेलमा कराँची किंग्ससँग उत्कृष्ट प्रर्दशन गर्दै ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । सन्दीपले बाबर आजम र कोलिन मुनरोलाई आउट गरे । पाँचौ खेलमा भने पेशवार जाल्मीसँग २.१ ओभर बलिङ गर्दै २२ रन खर्चिदा विकेट विहिन बने । आफ्नो व्यक्तिगत छैटौं खेलको लागि सन्दीप युएईबाट पिएसएलको लागि पाकिस्तान पुगे तर प्रर्दशन खराव रह्यो । ईस्लामबाद युनाइटेडसँग ४ ओभरमा ४६ रन खर्चिदा १ लिए । फिलिप साल्टलाई आउट गरे । अन्तिम खेलमा सन्दीपले मुल्तान सुल्तानसँग २.३ अ‍ोभर बलिङ गर्दै २८ रन खर्चिदा कुनै विकेट लिन सकेनन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.