7 years ago
March 23, 2019
एजेन्सी – इन्डियन प्रिमयर लिग (आईपीएल) को १२ औं संस्करणको आजदेखि सुरु हुँदैछ । विश्वका स्टार खेलाडीको जमघट हुने आईपीएलको उद्धघाटन खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपरकिंग्स भिड्नेछन् ।

आईपीएलमा ८ शहरका ८ फ्रेन्चाईज टोलीबीच होम अवे मैदानमा गरि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान ३-३ पटक उपाधि जितेका छन् । त्यस्तै कोलकता नाइट राइडर्सले २, राजस्थान रोयल्स र सनराईज हैदरावादले समान एक पटक उपाधि चुमेका छन् । किंग्स ईलाभेन पञ्जाब, रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सले हालसम्म आईपीएल उपाधि जित्न सकेका छैनन् ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाटै आईपीएल खेल्ने हुँदा अझ महत्वका साथ हेरिएको छ । आईपीएलमा एक टिममा सर्वाधिक २५ जना खेलाडी सम्म अनुबन्ध गर्न पाईन्छ । हरेक खेलमा ७ भारतीय र ४ विदेशी खेलाडी अनिवार्य छ । सन् २००८ देखी सुरु भएको आईपीएलमा हालसम्म कुन टिमको प्रर्दशन कस्तो रह्यो त ? सहभागी ८ फ्रेन्चाइज टोलीको जानकारी :
१. चेन्नई सुपर किंग्स
चेन्नई सुपर किंग्स आईपीएलकै सर्वाधिक सफल टिम हो । चेन्नईको कप्तानी सन् २००८ देखीनै महेन्द्र सिंह धोनीले गर्दै आएका छन् । चेन्नईले ३ पटक उपाधि र ४ पटक फाईनलमा पराजित भएको छ । चेन्नईले सन् २०१०,२०११ र २०१८ उपाधि जितेको थियो । सन् २०१० मा मुम्बईलाई २२ रन,२०११ मा बेंंगलोरलाई ५८ रन र २०१८ मा हैंदरावादलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

सन् २००८ को फाईनलमा राजस्थानसँग ३ विकेटले पराजित भयो । सन् २०१२ मा कोलकतासँग ५ विकेटले फाईनलमा पुन पराजित भयो । सन् २०१३ को फाईनलमा चेन्नई मुम्बईसँग २३ रनले पराजित हुँदै उपाधि चुम्क चुकेको थियो । सन् २०१५ को फाईनलमा फेरि मुम्वईसँग ४१ रनले पराजित हुँदै चौथो पटक उप विजेता चित्त बुझाएको थियो । सन् २००९ मा सेमि फाईनलमा पुग्दा सन् २०१६ र २०१७ मा भने चेन्नईलाई दुई वर्षको प्रतिबन्ध लाग्यो । सन् २०१५ को राजस्थानसँगको खेलमा म्याच फिक्सिङ गरेपछि दुई वर्षको प्रतिबन्ध खेप्नु परेको थियो । यस पटक चेन्नईमा अनुभवि खेलाडीको बाहुल्यता छ । धोनीेको उत्कृष्ट कप्तानीमा चेन्नईले फेरि उपाधि जित्न सक्छ ।
२. मुम्बई इन्डियन्स
चेन्नई पछिको सर्वाधिक सफल टिमको रुपमा मुम्मई इन्डियन्सलाई लिने गरिन्छ । मुम्बईले सन् २०१३, २०१५ र २०१७ को उपाधि जितेको थियो । मुम्बईले सन् २०१३ मा २०१५ मा क्रमश २३ र ४१ रनले चेन्नईलाई हराउँदै उपाधि जितेको थियो । सन् २०१७ मा भने राईजिङ पुणे सुपरजाईन्टलाई १ रनले हराउँदै उपाधि चुम्न सफल भयो ।

मुम्बई सन् २०१० मा चेन्नईसँग २२ रनले पराजित हुँदै पहिलो उपाधि जित्न चुकेको थियो । सन् २०११, २०१२ र २०१४ मा प्ले अफ स्थान बनाउँदा अन्य संस्करणमा भने समुह चरणबाटै बाहिरियो । यस पटक मुम्बईलाई पनि उपाधिको दाबेदारको रुपमा हेरिएको छ । पहिलो खेल २४ मार्चमा दिल्लीसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ ।
३. कोलकता नाइड राइडर्स
कोलकताले दुई पटक उपाधि जितेको छ । कोलकताले सन् २०१२ र २०१४ को उपाधि जितेको थियो । सन् २०१२ मा चेन्नईलाई ५ विकेट र २०१४ मा पञ्जावलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो । कोलकतालाई उपाधि जिताउँदा दुवै पटक कप्तान गौतम गम्भीर थिए ।

सन् २०११, २०१६, २०१७ र २०१८ मा प्ले अफमा पुग्दा अन्य संस्करणमा समुह चरणबाटै बाहिरिएको छ । यस पटक कोलकताको टिम मिश्रीत छ । पहिलो खेल २४ मार्चमा हैदरावादसँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ ।
४. सनराईजर्स हैदरावाद
हैदरावदले सन् २०१३ को आईपीएल देखी सहभागिता जनाएको हो । आफ्नो पहिलो संस्करणमा चौथो स्थानमा रहेको हैदरावाद सन् २०१४ र २०१५ मा समान छैटौं स्थानमा रहेर समुह चरणबाटै बाहिरयो । सन् २०१६ मा बेंगलोरलाई ८ रनले पराजित गर्दै उपाधि जित्यो । हैदरावादलाई उपाधि दिलाउने कप्तान थिए डेविड वार्नर ।

सन् २०१७ मा चौथो स्थानमा रहँदा सन् २०१८ मा उप विजेतामा चित्त बुझायो । फाईनलमा चेन्नईसँग ८ विकेटले पराजित भएको थियो । यस सिजनमा हैदरावाद उपाधिको प्रमुख दावेदार टिम हो । हैंदरावादले पहिलो खेल कोलकतासँग २४ मार्चमा खेल्ने छ ।
५. राजस्थान रोयल्स
सन् २००८ अर्थात पहिलो संस्करणको उपाधि जितेको राजस्थानले त्यस यता फाईनल सम्मको यात्रा तय गर्न सकेको छैन । पहिलो संस्करणमा चेन्नईलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो । राजस्थान सन् २०१३, २०१५ र २०१८ मा प्ले अफमा पुग्दा अन्य संकस्करणमा समुह चरणबाटै घर फर्किएको छ ।

सन् २०१५ मा चेन्नईसँग म्याच फिक्सिङ गरेको आरोपमा सन् २०१६,१७ को संस्करणमा प्रतिबन्धका कारण गुमाउनु परेको थियो । यस पटक राजस्थानको टिम मिश्रीत छ । पहिलो खेल २५ मार्चमा पञ्जावसँग खेल्ने छ ।
६. रोयल च्यालेन्जर्स बेंगलोर
बेंगलोरलाई आईपीएलमा अभागी टिम भन्ने गरिन्छ । खेलाडी अनुसारको प्रर्दशन गर्न नसक्नु बेंगलोरको मुख्य कमजोरी हो । बेंगलोर सन् २००९, २०११ र २०१६ मा फाईनलमा पराजित भएको थियो । सन् २००९ को फाईनलमा डेक्सन चर्जर्ससँग ६ रन, २०११ मा चेन्नईसँग ५८ रन र सन् २०१६ मा हैदरावादसँग ८ रनले पराजित हुन पुग्यो ।

बेंगलोर सन् २०१० र सन् २०१५ मा प्ले अफमा पुग्दा अन्य संस्करणमा समुह चरणबाटै बाहिरिएको छ । यस पटक बेंगलोरलाई उपाधिको दावेदार टिमकै रुपमा हेरिएको छ ।
७. किंग्स ईलाभेन पञ्जाव
आईपीएलमा सुरुवाती लयलाई जोगाउन नसक्नु पञ्जावको मुख्य कमजोरी हो । पञ्जावले पनि हाल सम्म आईपीएलको उपाधि जितेको छैन । सन् २०१४ मा पञ्जाव कोलकतासँग फाईनलमा ३ विकेट पराजित भएको थियो ।

पञ्जाव पहिलो संस्करणमा प्ले अफमा पुगेको थियो भने अन्य सबै संस्करणमा समुह चरणबाटै बाहिरिएको छ । पञ्जावको टिम यस पटक मिश्रीत छ । पहिलो खेल २५ मार्चमा राजस्थानसँग खेल्ने छ ।
८. दिल्ली क्यापिटल्स
आईपीएलकै असफल र सर्वाधिक कप्तान परिवर्तन गर्ने टिम हो दिल्ली क्यापिटल्स । दिल्ली अहिलेसम्म आईपीएलको फाईनल पुग्न सकेको छैन भने १२ कप्तान परिवर्तन गरिसकेको छ । दिल्ली सन् २००८, २००९ र २०१२ मा प्ले अफमा पुगेको थियो भने अन्य सबै संस्करणमा खराब प्रर्दशन गर्दै समुह चरणबाट बाहिरिएको छ । यस संस्करणमा दिल्ली डेयर डेभिल्सबाट नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स बनाएको छ ।

दिल्लीले यस सिजनमा आफ्नो नाम, लोगो र जर्सी परिवर्तन गरेको छ । यस पटक दिल्लीलाई उपाधिको दावेदार टिम पनि मानिएको छ । दिल्लीले पहिलो खेल २४ मार्चमा मुम्बईसँग खेल्दै सुरुवात गर्ने छ । सन्दीप दिल्लीबाटै आईपीएल खेल्ने हुँदा अन्य फेन्चाईज टोलीको तुलनामा दिल्लीलाई विशेष महत्वका साथ पनि हेरिएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]