7 years ago
March 23, 2019
एजेन्सी – स्पिनर ईमरान ताहिर र हरभजन सिंहले घातक बलिङ गरेपछि ईन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ७१ रनको सामान्य लक्ष्य दिएको छ ।

बेंगलोर १७.१ ओभरमा अल आउट हुँदै ७० रनमा समेटियोे । बेंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक २९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । अर्थात बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पटेलले ३५ बलमा २ चौका प्रहार गरे ।
चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले सुरुवात देखीनै खराव प्रर्दशन गर्यो । हरभजजन सिंहले चौथो ओभरको तेस्रो बलमा रविन्द्र जडेजाबाट क्याच गराउँदै कप्तान विराट कोहलीलाई ६ रनमा पेभिलिएन फर्काए । छैंटौ ओभरमा दोस्रो बलमा आफै क्याच लिदै हरवजले मोईन अलीलाई ९ रनमा आउट गरे ।
हरभजनलेनै आठौं ओभरको दोस्रो बलमा जडेजाबाट एवी डी विलियर्सलाई ९ रनमा आउट गरेपछि बेंगलोर सस्तैमा आउट हुने संकेत देखाएको थियो । आठौं ओभरको अन्तिम बलमा शिम्ररोन हिटमायर डक आउट भएपछि बेंगलोर ३९–४ को कमजोर अवस्थामा पुग्यो । बेंगलोरको विकेट पतन निरन्तर जारी रह्यो ।
कोलन डी ग्राण्डहोम ४, शिवम दुबे र नन्दीप सैनी समान २ रनमा आउट भए । युजवेन्द्र चाहल ४, उमेश यादव १ रनमा अउट भए । हरवजनले बेंगलोरको टप अडर धरासयी बनाउँदा ताहिर र जडेजाले मिडिल तथा तल्लो क्रम बेंगलोरको निराश बनाए ।
चेन्नईका लागि इमरान ताहिरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । हरवजनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । रविन्द्र जडेजाले २ र ड्वेन ब्राभोले १ विकेट हात पारे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]