default_image

10 years ago

May 2, 2016

क्यान निलम्बनमा राष्ट्रिय खेलकुद परिषदको प्रेस बिज्ञप्ती

260 views

0 Bookmark

आज राष्ट्रिय खेलकुद परिषदले (राखेप) आइसिसिले क्यानलाई गरेको निलम्बनको बारेमा आफ्नो धाराणा प्रस्तुत गर्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । 

can nilamban prss bigyapti

प्रेस बिज्ञप्ती यस्तो छ: 

आदरणीय पत्रकार मित्रहरु,

नेपाली क्रिकेटको वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गर्ने उद्देश्यसाथ राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको आजको यस पत्रकार सम्मेलनमा उपस्थित पत्रकार मित्रहरुलाई सर्वप्रथम कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु ।
पत्रकार मित्रहरु,
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको खबरले सबैलाई दुखी तुल्याएको छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि यस घटनालाई गम्भीर रुपमा लिएको छ । तथापी आईसीसीले क्यान निलम्बनको औपचारिक जानकारी राष्ट्रिय खेलकुद परिषद्लाई गराएको छैन । सार्वजनिक माध्यममा आएअनुसार आईसीसीले अदालतमा परेको मुद्दा तथा निष्पक्ष र स्वतन्त्र निर्वाचनलाई मुख्य आधार बनाएर क्यान निलम्बन गरेको छ । उसले सरकारको हस्तक्षेप स्वीकार्य नहुने पनि भनेको छ ।

हाल आईसीसीले औपचारिक रुपमा क्यान निलम्बन गर्ने निर्णय लिएपनि करिब दूई वर्ष अघिदेखि नै क्यान अघोषित रुपमा निलम्बन सरहको अवस्थामा रहेको कुरा सबैलाई जानकारी भएकै हो । क्यान भित्रको अपरादर्शिता, कानुन र विधि मिच्ने जस्ता गैरजिम्मेवारीपन क्रियाकलापका कारण आईसीसीले करिब दुई वर्षदेखि नै क्यानलाई दिने अनुदान रोक्का गर्दै आएको छ ।

अबको सन्दर्भमा क्रिकेटको भविष्यका निम्ति आपसी विवाद र व्यक्तिगत महत्वकांक्षा त्यागेर अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । क्रिकेटको विकासका लागि सबै पक्षलाई एकै स्थानमा ल्याएर विवाद समाधान गर्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले पहल सुरु गरिसकेको छ ।

राखेप जहिले पनि संघ पारदर्शी, विधिसम्मत र संस्थागत रुपमा संचालन भएको हेर्न चाहन्छ । यसको पालना सबै पक्षबाट हुनुपर्छ ।
आइसीसीको निर्णयबाट सबै पक्षले ज्ञान लिादै हातेमालो गरेर अगाडि बढ्नुपर्ने कुरामा म जोड दिन चाहन्छु र सम्बन्धित सबै पक्षलाई समस्या समाधानका लागि भूमिका निर्वाह गर्न आग्रह समेत गर्दछु ।
क्यानसम्बन्धी अदालतमा मुद्दा विचाराधिन छ । अदालतमा विचाराधिन रहेको मुद्दालाई हामीले चाहेर पनि केही गर्न सक्ने अवस्था रहादैन ।

त्यस कारण तत्काल समस्या समाधानका लागि सम्बन्धित पक्षले अदालतबाट मुद्दा फिर्ता लिएर विवाद मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । साथै सम्पूर्ण खेलाडी, क्रिकेट प्रेमीमा उत्साह बढ्ने गरी एकताबद्ध भई अगाडि बढ्नका लागि समेत आग्रह गर्न चाहन्छु ।
सबै पक्षले तिक्ततालाई त्यागेर संघलाई नयाा शिराबाट शुरु गर्नका लागि यो अवसर पनि हो । हिजोका गल्ती कमजोरीबाट पाठ सिक्दै आ–आफै आत्मसमीक्षा गरेर क्रिकेट खेलको विकासका लागि सहकार्य र सहमतिको बाटो अवलम्बन गर्नुको विकल्प छैन । त्यसका लागि सबैले आफ्नो हठ त्याग गर्दै हातेमालो गर्नका लागि राखेप अनुरोध समेत गर्दछ । धन्यवाद ।

केशवकुमार विष्ट
सदस्य–सचिव
राष्ट्रिय खेलकुद परिषद्
मिति २०७३ साल बैशाख २० गते ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.