default_image

7 years ago

May 18, 2019

भारतको विश्वकप उपाधि लक्ष्यमा बाधक बन्ने ४ कारण

130 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त रुपमा आयोजना हुने वान डे विश्वकपमा भारत प्रमुख दाबेदार राष्ट्र हो । भारतले एक महिना अघिनै आफ्नो १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ ।

भारतले निकै चर्चामा रहेका युवा खेलाडी ऋषभ पन्त तथा अनुभवी आम्बाती रायडुलाई टोलीमा मौका दिएन । यी दुई खेलाडीको स्थानमा सबैलाई आश्चर्यमा पार्दै विजय शंकर र विकेटकीपर दिनेश कार्तिकलाई टोलीमा समेटिएको थियो ।

सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाईनलमा पाकिस्तानसँग पराजित भएपछि त्यहि बेला देखि नै भारतले आफ्नो मुख्य लक्ष्य २०१९ को विश्वकपको उपाधि जित्ने बनाउँदै आएको थियो । भारतले यसअघि सन् १९८३ र सन् २०११ मा गरि दुई पटक विश्वकप जितेको छ । सन् १९८३ मा कपिल देव र २०११ मा महेन्द्रसिंह धोनीले आफ्नो कप्तानीमा भारतलाई विश्वकप जिताएका थिए । यस पटक प्रमुख दाबेदार मानिएको भारत विराट कोहलीको कप्तानीमा तेस्रो विश्वकप जित्ने दाउमा देखिन्छ । विश्वकप जित्न सक्ने उच्च संभावना पनि छ । तर भारतीय टोलीका यी ४ कमजोरी जसले विश्वकप जित्ने सपना अधुरै बनाउन सक्छ ।

इंग्ल्यान्डको भुमिमा भारतको खराब प्रर्दशन

भारतलाई केहि क्रिकेट विश्लेषकहरु घरको मात्र बाघ भन्ने गर्दछन् । अर्थात भारतले आफ्नो घरेलु मैदानमा गर्ने उत्कृष्ट प्रर्दशन विदेशी भुमिमा गर्न सक्दैन । पछिल्लो दुई वर्षमा इंग्ल्यान्डको भुमिमा भारतको प्रर्दशन राम्रो छैन । सन् २०१७ च्याम्पियन्स ट्रफिको फाईनलमा भारत पाकिस्तानसँग १ सय ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो । समुह चरणमा श्रीलंकासँग ७ विकेटले स्तब्ध भएको थियो ।

सन् २०१८ मा भारत र इंग्ल्यान्डबीच ३ ओडीआई सिरिजमा भारत २–१ ले पराजित भएको थियो । पाँच टेष्टको सिरिज पनि भारतले ४–१ ले गुमाएको थियो । इतिहास हेर्दा भारतले इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको भुमिमा प्राय कमजोर प्रर्दशन गर्ने गर्दछ । यसपटक पनि भारतको त्यहि समस्या दोहोरिएको खण्डमा विश्वकप जित्ने सपना अधुरो बन्न सक्छ ।

कुलदीप र शंकरको खराब लय

प्रमुख स्पिनर कुलदीप यादव पछिल्लो समय खराव लयबाट गुज्रिरहेका छन् । केहि दिन अघि सम्पन्न आईपीएलमा कुलदिपले कोलकता नाईटराईडर्सबाट ९ खेललमा ८.६६ को ईकोनमीमा रन खर्चिंदा जम्मा ४ विकेट लिए । यो प्रर्दशनले उनको लय राम्रो देखिदैन । बेंगलोरविरुद्ध ४ ओभरमा ५९ रन खर्चिएर १ विकेट लिदै खराव प्रर्दशन गरेपछि कोलकताले कुलदीपलाई पुन: मौका दिएन ।

कुलदीपको खराब लय भारतको लागि अहिलेको ठूलो चिन्ताको विषय हो । कुलदीपको खराब लयको प्रभाव अन्य बलरलाई पनि पर्न सक्छ । एक तर्फबाट एक बलरले खराब प्रर्दशन गरि रहँदा अर्को तर्फबाट राम्रो गरिरहेको बलरलाई दवाव पर्छ । विश्वकपसम्म कुलदीपको खराब लयमा सुधार नआए भारतको लागि घातक हुन सक्छ ।

त्यस्तै विजय शंकरको प्रर्दशन पनि आईपीएलमा अपेक्षा गरेअनुसार हुन सकेन । चौथो नम्बरको ब्याट्सम्यानको रुपमा हेरिएको शंकरको प्रर्दशन जुन आसा गरिएको हो त्यो भन्दा खराव रह्यो । उनले आईपीएलमा हैदरावादबाट १५ खेलमा २०.३३ को औसतमा २ सय ४४ रन जोडे । जसमा सर्वाधिक सरकोर ४० रन मात्र रह्यो । शीर्ष क्रममा ब्याट्सम्यानको रन औसत २०.३३ हुनु भारतको लागि ठूलो चिन्ताको विषय हो । आईपीएलमा शंकरले १ विकेट मात्र लिए । जुन भारतको लागि थप चिन्ताको विषय हो ।

शंकर भारतीय टोलीको मिडिल अडरका प्रमुख खेलाडी तथा अलराउण्डरको रुपमा छनोट भएका हुन् । रोहित शर्मा, शिखर धवन र विराट कोहलीले शीर्षक्रम सम्हाल्ने छन् । विजय शंकरको कमजोर प्रर्दशनले मिडिल अडर कमजोर बन्नुका साथै तथा तल्लोक्रमका महेन्द्र सिंह धोनी र हार्दिक पान्ड्या समेत दवावमा पर्न सक्छन् । त्यसैले यी दुई खेलाडीको खराव लयले भारतको विश्वकप जित्ने सपना अधुरै बनाउन सक्छ ।

सिमित तीव्र गतिका बलर

इंग्ल्यान्डको भुमिमा विश्वकपमा कम्तिमा भारतले चार तीव्र गतिका बलरलाई टोलीमा समेट्ने अनुमान गरिएको थियो । सबै टोलीले चार तीव्र गतिका बलर टोलीमा समेटेका पनि छन् । तर भारतले तीन तीव्र गतिका बलर मात्र टोलीमा राखेको छ ।

इंग्ल्यान्डको पीचमा तीव्र गतिको बलरलाई धेरै साथ मिल्छ । तर सबै खेलाडीको प्रर्दशन राम्रो हुन्छ भन्ने हुँदैन । कुनै खेलाडीको लय खराव पनि हुन सक्छ । यो अवस्थामा भने भारत ठूलो समस्यामा फस्ने सम्भावना बलियो छ । भारतसँग चौथो विकल्पको रुपमा कुनै पनि तीव्र गतिका बलर छैनन् । विश्वकप अघि चौथो विकल्पको रुपमा मोहम्मद सिराज, नवदीप सैनी, उमेश यादव, खलिल अहमिद मध्य एकले मौका पाउने धेरैले अनुमान गरेका थिए ।

Kohli and Bumrah

तीव्र गतिका बलरको रुपमा भारतयि टोलीमा जसप्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद सामी रहेका छन् । एक खेलाडीको खराब प्रर्दशनले अर्को बलरलाई पनि असर पुग्ने गर्दछ । खराव प्रर्दशन गरेको खेलाडीलाई बेन्चमा राखेर अर्को खेलाडी मैदान उतार्ने विकल्प भारतसँग नहुने हुँदा सिमित तीव्र गतिका बलर खेलाउने निर्णय उसको लागि विश्वकपमा घातक बन्न सक्छ ।

अनिश्चत र अस्थिर चौथो नम्बर

भारतले पछिल्लो तीन वर्षमा अत्याधिक परिवर्तन गरेको ब्याटिङ अडर चौथो नम्बरनै हो । सुरेश रैना, मनिष पान्डे, युवराज सिंह, अम्बाती रायडू, श्रेयस ऐर हुँदै अहिले विजय शंकरलाई मैदान उतार्ने तरखरमा छ । तर पनि अझै उक्त स्थान अनिश्चित छ ।

केहि क्रिकेट विश्लेषकले चार नम्बरमा शंकर नभएर के एल राहुल र महेन्द्र सिंह धोनी मध्य एकलाई मैदान उतानु पर्ने बताउदै आएका छन् । भारतले अष्ट्रेलियासँग सिरिजमा धोनीलाई पनि चार नम्बर ब्याटिङमा पनि प्रयोग गर्यो ।

भारतको अधिकांश जित शीर्षक्रममा रोहित शर्मा, शिखर धवन र विराट कोहलीको प्रर्दशनमा निर्भर छ । पछिल्लो एक वर्षको प्रर्दशन हेर्दा भारतको मिडिल अडर र तल्लोक्रम कमजोर मानिन्छ । भारतले पछिल्लो एक वर्ष चौथो नम्बरमा आम्बाती रायडुलाई प्रयोग गरिएपनि विश्वकपमा सबैलाई आश्चर्यमा पार्दै टोलीमा मौका दिएन । शंकरले चौथो नम्बरमा भारतीय टोलीबाट मात्र ५ खेलमा ब्याटिङ गरेका छन् ।

उनीसँग राम्रो अनुभव पनि छैन । जारी आईपीएलको प्रर्दशन हेर्दा शंकरको प्रर्दशन आफैंमा चिन्ताको विषय बनि रहेको छ । विकल्पका ओपनर के एल राहुललाई चौथो नम्बरमा खेलाउदा भारतको बलिङ कमजोर बन्न पुग्छ । स्वंयम कप्तान विराट कोहली पनि चौथो नम्बरमा कसलाई मैदान उतार्ने भन्नेमा अन्यौलमा छन् ।

विश्वकप सुरु हुन दुई साता बाँकी रहेको अवस्थामा भारतले आफैं चौथो नम्बरमा कसलाई मैदान उतार्ने टुङ्गो लगाउन सकेको छैन । विजय शंकरको प्रर्दशन खराब रहे विकल्प कुन भन्ने प्रश्न पनि खडा हुने गर्दछ । यो अवस्थामा चौथो नम्बर ब्याटिङ अडर पनि भारतका लागि घातक बन्न सक्छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.