default_image

7 years ago

May 18, 2019

भारतलाई हराउँदै पाकिस्तानले जित्यो उपाधि

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको व्ह्विलचियर एसिया कप टी ट्वान्टी प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ ।

शनिवार टियु क्रिकेट मैदानमा भएको फाईनल खेलमा भारतलाई ५ विकेटले हराउँदै पाकिस्तानले उपाधि जित्न सफल भएको हो । विजेता पाकिस्तानले ६० हजार प्राप्त गर्न उप विजेता भारतले ३० हजारमा चित्त बुझाउनु पर्यो ।

२ सय ११ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि मोहम्मद लातिफले ६८ बलमा २७ चौका र ५ छक्का प्रहार गर्दै १ सय ५६ रनमा अविजित रहे । त्यस्तै मोहम्मद फायज र सायद अहमिदले समान १५ रनको योगदान दिए । भारतका सौरभ मालिकले २ विकेट हात पारे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो । भारतका लागि सौरभ मालिकले ६२ बलमा १९ चौका र १ छक्का प्रहार गर्दै १ सय ४ तथा निखुल प्रजापतीले ६३ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद तालिफ म्यान अफ द सिरिज घोािषत भए ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.