default_image

7 years ago

May 19, 2019

रोहित र विराटको नजरमा गांगुलीको कीर्तिमान !

124 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा ३० मे देखि वान डे विश्वकप सुरु हुँदैछ । अब अभ्यासको लागि केहि दिनमै सबै टोली इंग्ल्यान्ड पुगिसक्ने छन् । विश्वकप कसले जित्ला भन्ने समर्थकमा चर्चा चलिसकेको छ ।

भारतीय टिमका ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीको नाममा थुप्रै विश्व रेकर्ड छन् । रोहितले एकदिवसिय क्रिकेटमा ३ पटक दोहोरो शतक प्रहार गर्ने देखी एकै इनिङमा २ सय ६४ रन बनाउने जस्ता दुर्लभ रेकर्ड कायम गरेका छन् । त्यस्तै कप्तान विराट कोहलीको नाममा सर्वाधिक छिटो दश हजार पुरा गर्ने देखी थुप्रै रेकर्ड छन् । विश्वकपमा थुप्रै रेकर्ड बन्ने र तोडिने गर्दछन् । हरेक खेलाडी आफ्नो नाममा नयाँ रेकर्ड बनाउन चाहान्छन् ।

त्यस्तै यो विश्वकपमा रोहित शर्मा र विराट कोहलीले भारतीय टोलीका पुर्व कप्तान सौरव गांगुलीको २० वर्षे पुरानो रेकर्ड तोड्ने प्रयास गर्ने छन् । गांगुलीले सन् १९९९ को विश्वकपमा श्रींलकाविरुद्ध १ सय ८३ रन बनाएका थिए । भारतीय ब्याट्सम्यानले विश्वकपमा बनाएको यो सर्वाधिक उच्च स्कोर हो ।

जुन रेकर्ड यो पटक रोहित शर्मा र कप्तान विराट कोहलीले तोड्न सक्छन् । यी दुबै खेलाडीले ठूलो इनिङ खेल्न सक्छन् । इंग्ल्यान्डको मैदान ब्याटिङलाई साथ मिल्ने गर्दछ । इंग्ल्यान्डको मैदानमा ३ सय ५० रनको लक्ष्य पनि सुरक्षित मानिदैन । भारतीय टोलीबाट निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका रोहित र कोहलीले यो विश्वकपमा गांगुलीको रेकर्ड तोड्न सक्छन् । तर सहज भने देखिदैन । यी दुवै खेलाडी लयमा आउदा विपक्षीका जो सुकै बलरलाई रोक्न निकै कठिन हुने गर्दछ ।

विरेन्द्र सहवागले सन् २०११ को विश्वकपमा बंगलादेशविरुद्ध १ सय ७५ रन बनाउँदै रेकर्ड नजिक पुगेका थिए । तर तोड्न सकेनन् । रोहितको विश्वकपमा सर्वाधिक उच्च प्रर्दशन १ सय ३७ रहेको छ । जुन सन् २०१५ मा बंगलादेशविरुद्ध प्रहार गरेका थिए । त्यस्तै विराट कोहलीको विश्वकपमा सर्वोच्च स्कोर सन् २०१५ मा पाकिस्तानबीरुद्ध १ सय ७ रन रहेको छ ।

विश्वकपमा हाल सम्म क्रिस गेल र मार्टिन गुप्टिलले मात्र दोहोरो शतक प्रहार गरेका छन् । गुप्टिलले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध २ सय ३७ रनको अविजित पाली खेलेका थिए । यो नै विश्वकपमा कुनै पनि खेलाडीले प्रहर गरेको उच्च स्कोर हो । त्यस्तै वेस्ट इन्डिजका ओपनर तथा विश्फोटक ब्याट्सम्यान क्रिस गेलले सन् २०१५ को विश्वकपमै जिम्वाब्बेविरुद्ध २ सय १५ रन प्रहार गरेका थिए ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.