default_image

5 years ago

May 21, 2019

प्रधानमन्त्री कप महिला क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण यसै महिनाको अन्तिम साता महेन्द्रनगरमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता जेठ २८ गते सुरु हुने काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशव विष्टले जानकारी दिएका थिए । प्रतियोगितामा एक विभागिय […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करण यसै महिनाको अन्तिम साता महेन्द्रनगरमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता जेठ २८ गते सुरु हुने काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशव विष्टले जानकारी दिएका थिए ।

प्रतियोगितामा एक विभागिय टोली नेपाल एपिएफ र ७ प्रदेश सहित ८ टोलीको सहभागिता रहने छ । महेन्द्रनगरको खुल्ला मञ्चमा हुने प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैँया प्राप्त गर्ने छन् ।

प्रतियोगिता आयोजना गर्न करिब ८८ लाख लाग्ने महाकाली स्पोर्टस् सोसाईटीका अध्यक्ष सुमन भट्टले बताएका छन् । राखेपले ३५ लाख रुपैया उपलब्ध गराउने र नपुग रकम प्रायोजनमार्फत जुटाइने भट्टले जानकारी दिए । प्राइम टेलिभिजनले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
…..
प्रधानमन्त्री कप र एनसीएल वुमेन्स टि ट्वान्टी प्रतियोगिताको मिति जुध्ने भएको छ । एनसीएल वेमेन्स टि ट्वान्टीको आयोजक एनसीएल स्पोर्टस् प्रालीले राखेपसँग समन्वय नगरेकोले त्यसका बारेमा जानकारी नभएको सदस्य सचिव विष्टले बताए ।

‘उहाँहरुले कुन मितिमा प्रतियोगिता गर्दै हुनुहन्छ भन्ने केहि जानकारी छैन, सदस्य सचिव विष्टले भने,‘ यो अवस्थामा हामीले जेठ २८ देखि राष्ट्रिय महिला टी ट्वान्टी प्रतियोगिता सञ्चालन गर्नेछौं । ’

यद्दपी, एनसिएल स्पोट्र्स प्रालिले राखेपको समन्वयमा वोमेन्स टि २० लिग क्रिकेट जेठ २४ गते दिन ३० गते सम्म कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सन्चालन गर्ने घोषणा गरेको थियो । तर, प्रतियोगिताको यसअघि दुई पटक सरिसकेको छ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.