default_image

7 years ago

June 7, 2019

सिमित अवसरमा फक्रिएका सुमित

220 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक पुग्दा पनि नेपालका लागि ब्याटिङ सधैं चिन्ताको विषय बन्ने गरेको छ । महिला र पुरुषको सिनियर टोली होस् या उमेर समुहको प्रतियोगिता नेपालको ब्याटिङ कमजोर हुँदा थुप्रै पटक ठूला अवसर गुमाएको छ ।

सिनियर टोलीमा पछिल्लो दशक पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ब्याटिङको जिम्मेवारी निर्वाह गरे । पछिल्लो समय दीपेन्द्रसिंह ऐरी त्यस सुचिमा जोडिएका छन् । रोहितकुमार पौडेलले पनि सुरुवाती खेलमा लय समात्दै केहि आशा देखाएका छन् । अझैपनि नेपाली ब्याटिङमा पूर्ण रुपमा विश्वास गर्न मिल्ने अवस्थामा भने बनेको छैन ।

फ्रेन्चाइज लिगमा अधिकांश टोलीले विदेशी खेलाडीका रुपमा ब्याट्सम्यानलाई प्राथमिकता दिँदा कमै नेपाली ब्याट्सम्यानले प्रभाव जमाउने अवसर पाएका छन् । अवसर पाएका अधिकांश ब्याट्सम्यान सफल हुन सकेका छैनन् । उमेर समुहका प्रतियोगितादेखि नै नेपाली बलरहरुले राम्रो छाप छाड्दा ब्याटिङमा विरलै राम्रो प्रर्दशन देखिन्छ ।

सुमित महर्जन नेपाली क्रिकेटमा नयाँ नाम होइनन् । सन् २०१४ मा नेपालको यू-१६ टोलीको कप्तानी सम्हालेका सुमित त्यसपछि भने केहि समय हराए । पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गर्दै सुमितले शीर्ष श्रेणीको क्रिकेटमा आफ्नो क्षमता देखाएका छन् । काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा एपीएफबाट खेल्दै राम्रो सुरुवात पाएका सुमितले पछिल्ला खेलमा भने त्यसलाई निरन्तरता दिन सकेनन् । तर उनले आफ्नो खेल्ने शैलीबाट भने नेपाली क्रिकेटलाई केहि आशा देखाएका छन् ।

सुमितले प्रतियोगिताको पहिलो खेलमै पारस खड्का कप्तान रहेको प्रदेश ३ विरुद्ध ९४ रनको दमदार इनिङ खेले । कमजोर सुरुवात पाएको एपीएफलाई सम्हाल्ने क्रममा सुमितले लगातार रन जोड्दै विपक्षीलाई दबाबमा राख्न सफल भएका थिए । तर दुर्भाग्य भन्नुपर्छ पृथु बास्कोटासँग रनमा तालमेल गर्न नसक्दा १ सय ३ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै सुमित ९४ रनको अवस्थामा रन आउट हुन पुगे । आत्माविश्वासी सट र दबाबमा रन बटुल्न सक्ने क्षमता उनमा अब्बल देखिन्थ्यो ।

‘त्यो समय शतक सोचेको थिएन, क्रिजमा जमेको अवस्थामा जति सक्यो रन जोड्नुपर्छ जस्तो मात्र लागेको थियो । तर दुर्भाग्य भन्नुपर्छ रन आउट हुन पुगे । शतक बनाउन चुक्दा घरमा पुगेपछिमात्रै पछुतो लाग्यो,’ सुमितले भने ।

झन्डै तीन वर्षअघि पहिलो संस्करणको धनगढी प्रिमियर लिगबाट फ्रेन्चाइज लिगमा काठमाडौं गोल्डेन्सबाट प्रतिनिधित्व गर्दै सुमितले ६ खेलमा १ सय १९ रन जोडेका थिए । तर त्यसपछि उचित अवसर नपाउँदा सुमित प्रशिक्षणमा मात्र सिमित रहे । उमेर समूहका उचित प्रतियोगिता नहुँदा सिनियर क्रिकेटमा राम्रो सुरुवात पाएका सुमितले आफ्नो लयलाई निरन्तरता दिन सकेनन् । उनले उमेर समूहको यु-१९ टोलीमा पनि स्थान बनाउन असफल रहे ।

लामो समयको प्रतीक्षापछि गत पुसमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा पनि उनले विराटनगर वारिसर्यबाट खेल्दै राम्रो प्रभाव छाडे । लगत्तै माघमा भएको तेस्रो संस्करणको डीपीएलमा पनि रुपन्देही च्यालेन्जर्सबाट प्रतिनिधित्व गर्दै सर्वाधिक रन बनाउने खेलाडीमा पाँचौ स्थानमा रहे ।

सन् २०१५ मा नेपालको यू-१६ कप्तानको भुमिका निर्वाह गरिसकेका सुमितले त्यसपछि भने यू-१९ टोलीमा स्थान बनाउन सकेनन् । यू-१६ मा उनको कप्तानीमा नेपालले एसीसी इस्टर्न रिजन यू-१६ को उपाधि जितेको थियो । उनको खेल्ने शैली हेर्दा धेरैले उनलाई यू१९ पनि प्रतिनिधित्व गर्न सक्ने अनुमान गरेका थिए । तर उनले यू१९ टोलीमै स्थान बनाउन सकेनन् ।

सुमित आफ्नै कारण यू-१९ उमेर समूहमा खेल्न नसकेको स्विकार्छन् । ‘त्यो समयमा राम्रो प्रर्दशननै गर्नै सकिन । यू-१६ मा पनि खासै रन बटुल्न सकेको थिइन । मिहिनेत कम थियो । अहिले राम्रो हुन थालेको छ। ‘, सुमितले भने । उमेर समूहका प्रतियोगिता उचित संख्यामा नहुनु पनि उदाउँदा प्रतिभा प्रस्फुटन नहुनुमा मुख्य अड्चन देखिन्छ । भएका अधिकांश प्रतियोगिता टि-२० पद्दतिमा हुँदा खेलाडीको शैलीमा पनि समस्या देखिन्छ ।

पछिल्लो समय राम्रो प्रर्दशन गर्नुमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको भुमिका निकै महत्त्वपूर्ण छ । मल्लले नै सञ्चालन गरेको काठमाडौं क्रिकेट टेनिङ सेन्टरबाटै क्रिकेट सिक्न थालेका सुमित अहिले पनि त्यहीं प्रशिक्षण गर्ने गर्दछन् । ‘मेरो क्रिकेटको सूरुवातनै केसीटिसीबाट भएको हो । यहाँ आएपछि ज्ञानेन्द्र दाईको भुमिका महत्वपूर्ण हुने नै भयो । नयाँ नयाँ कुरा सिकाउनु हुन्छ । मैले जेजति मौका पाई रहेको छु,त्यो सबै केसीटिसी र ज्ञानेन्द्र दाईले गर्दा भएको हो । त्यसैले मेरो यात्राको सबै श्रेय केसीटिसीलाई दिन चाहान्छु’, उनले भने ।

डीपीएल-१ मा सुमित महर्जन

हरेक खेलाडी झैं सुमितले पनि सिनियर राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका छन् । त्यो भन्दा पहिला घरेलु प्रतियोगितामा प्रत्येक खेलमा राम्रो प्रर्दशन गर्न आवश्यक पर्ने सुमितले बुझेका छन् । ‘ पीएम कपको पहिलो खेलमा शतक मिस भयो । अब त्यो भन्दा राम्रो प्रर्दशन गर्नसक्नुपर्छ । घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्नुपर्छ । सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्न सके धेरै कुरा सिक्ने अवसर पाइन्छ । यसले आफूलाई अझै तयारी गर्ने मौका मिल्छ ,’ सुमितले भने ।

को हुन् सुमित महर्जन ?

सुमित ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका सिद्धिपुर वडा नम्बर ६ मा बुबा बावुराम महर्जन र आमा संगिता श्रेष्ठ महर्जनबाट पहिलो सन्तानका रुपमा जन्मिएका हुन् । सानै उमेरदेखि खेलकुदमा रुची राख्ने सुमित पहिला क्रिकेटभन्दा फुटबल, भलिबल र टेबलटेनिस बढि खेल्थे ।

२०६९ सालमा एसएलसी दिएपछि बानेश्वरको एक कलेजले २–३ महिना कप्तान पारस खड्काले प्रशिक्षण गराउने भनेपछि उनि त्यो कलेज पुगे । कलेजबाट उनिहरुलाई प्रशिक्षणको लागि केसीटिसीमानै लगेर प्रशिक्षण गराईने रहेछ ।

सुमित उक्त छोटो प्रशिक्षण सकेपछि केसिटिसीमै भर्ना भए । त्यसपछि उनले नेपाली यू-१६ टोलीको कप्तान समेत बने । तर त्यसपछि अवसरको कमी र खराब प्रदर्शनका कारण यू-१९ मा उनले स्थान बनाउन सकेनन् । यू१९ मा स्थान नपाउनु उनको लागि थप प्रेरणाको स्रोत बन्यो र आफ्नो प्रर्दशनमा मेहनत बढाउँदै लगे ।

सुमितले घरेलु क्रिकेटका रुपमा पहिलो संस्करणको डीपीएलमा काठमाडौं गोल्डेन्सबाट प्रतिनिधित्व गर्दै राम्रो प्रभाव छाडे । गत पुसमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा पनि विराटनगर वारिसर्यबाट प्रतिनिधित्व गरे । उनले विभागिय टोली एपीएफबाट क्रिकेट खेल्न थालेको १ वर्ष पुग्न लागिसक्यो । घरेलु लिगमा उनको प्रर्दशन सन्तोषजनक नै छ । उनी रोलवालिङ कलेज कुमारीपाटीबाट स्नातक (ब्याचलर) पढाई सकेर बसेका छन् ।

सुमितले अब घरेलु प्रतियोगितामा राम्रो प्रर्दशन गर्दै सिनियर टिमको बन्द प्रशिक्षण हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्य राखेका छन् । वान डे मान्यता पाएको अवस्थामा आगमी तीन वर्ष नेपाली क्रिकेट अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहनेछ । यो अवस्थामा सुमित जस्ता युवा प्रतिभालाई उचित रुपमा तयार पार्न सके ब्याटिङ समस्याले ग्रस्त नेपाली टोलीलाई केहि राहत मिल्नेछ । पाएको अवसरमा राम्रो प्रदर्शन गर्न सुमित आउने दिनमा प्रशिक्षणमा थप मिहिनेत गर्ने बताउँछन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.