7 years ago
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बंगलादेशले उपाधीको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्डको सामना गर्दै छ । खेल दिउँसो ३:१५ देखी सुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजिमा छन् ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले स्तब्ध भएको थियो । त्यस्तै पहिलो खेलमा दक्षिण अफ्रिकालाईनै २१ रनले हराएको बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग २ विकेटले पराजित भएको थियो । विश्वकपमा बंगलादेश र इंग्ल्यान्डबीच ३ खेल भएको छ । जसमा इंग्ल्यान्ड १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ ।
सन् २०१५ को विश्वकपमा बंगलादेशसँग १५ रनले पराजित हुँदै इंग्ल्यान्ड बाहिरिनु परेको थियो । इंग्ल्यान्ड त्यस विश्वकपको बदला लिने सोचमा छ ।बंगलादेश भने त्यस्तै आश्चर्यजनक नतिजा निकाल्न चाहान्छ । पाकिस्तानसँग पराजित भएपनि जो रुट र जस बटलरले शतक प्रहार गरेका थिए । यी दुईले आजको खेलमा त्यहि लयलाई निरन्तरता दिन सक्छन् ।
ओपनर जोसन रोय, जोनी बेयरस्टो, जो रुट, कप्तान इओन मोर्गिन, जस बटलर, जोफ्रा आर्चर इंग्ल्यान्डका बलिया हतियार हुन् । बंगलादेशका अलराउण्डर सकिब अल हसन उत्कृष्ट लयमा देखिएका छन् । तामिम इकवाल, सौम्य सरकार, महमदुल्लाह, सकिब अल हसन, मुश्फिकुर रहिम, मुस्ताफिजुर रहमान बंगलादेशका प्रमुख खेलाडी हुन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]