7 years ago
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लवले नेपाल पुलिसलाई १ सय २६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । उत्कृष्ट सुरुवात गरेको आर्मीले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको हो । आर्मीले ३६ रन जोड्न ७ विकेट गुमाएपछि ठूलो योगफल बनाउन चुकेको थियो ।
ओपनर सोमपाल कार्मी र राजु रिजालले पहिलो विकेटका लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात गर्दै ठूलो योगफलको संभावना देखाएका थिए । ललित नारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि पुलिस खेलमा फर्किएको थियो ।
सोमपाल कामीले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । सोमपाल आउट भएसँगै आर्मीको विकेट पतन निरन्तर जारी रह्यो । मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिएको हो । लगत्तै १७ ओभरको तेस्रो बलमा सागर ढकालले कुशल भुर्तेलबाट राजु रिजाललाई ३२ रनमा क्याच आउट गराए । उनले ६० बलमा ५ चौका प्रहार गरे । २२ ओभरको अन्तिम बलमा ललितले रोहित कुमार पौडेललाई १८ रनमा बोल्ड आउट गरे ।

२५ औं ओभरको दोस्रो बलमा पवनले हरि बहादुर चौहानलाई ४ रनमा आफै क्याच लिदै पेभिलिएन फर्काए । राजेश पुलामी मगरलाई ललितले ३ रन बोल्ड आउट गरे । पवन सरार्फले २९ ओभरको पहिलो बलमा विनोद भण्डारीलाई १ रनमा आफैं क्याच लिदै पेभिलिएन फर्काएपछि आर्मी संकटमा परेको थियो । करण केसी र कुशल मल्ल शुन्यमा पेभिलिएन फर्केपछि आर्मी २९.४ ओभरमा १०८-८ को कमजोर अवस्थामा पुगेको थियो । भिम सार्कीले २९ बलमा ३ चौका प्रहार गर्दै ठूलो शट खेल्ने धुनमा २० रन जोड्दै क्याच आउट भए ।
आर्मीलाई सस्तैमा रोक्न पुलिसका युवा स्पिनर ललित नारायण राजवंशीले ९.३ ओभरमा १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फले ७ ओभरमा ४ मेडन सहित १२ रन खर्चेर ४ विकेट लिए । सागर ढकालको नाममा १ विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]