7 years ago
June 8, 2019
एजेन्सी – ओपनर जोसन रोयले सानदार शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १२ औं खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।

कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनायो । इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न ओपनर जोसन रोयले उत्कृष्ट आक्रमक शतक प्रहार गरे । रोयले २७ ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै ९२ बलमा आफ्नो वान डे करियरको नवौं शतक पुरा गरेका थिए ।
आक्रमक रुपमा ब्याटिङ गरेका रोयले ३५ ओभरको चौथो बलमा मेहदी हसन मिराजलाई लगातार चार छक्का प्रहार गर्ने धुनमा मोर्तजाबाट १ सय ५३ रनमा क्याच आउट हुन पुगे । रोयले १ सय २१ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । रोयले पहिलो विकेटका लागि ओपनर जोनी वेयरस्टोसँग १९.१ ओभरसम्म १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवता दिलाएका थिए ।

यी दुईबचको साझेदारी मोर्तजाले मेहदी हसनबाट बेयरस्टोलाई ५१ रनमा क्याच गराउँदै तोडेका थिए । उनले ५० ओभरमा ६ चौका प्रहार गरे । जो रुटलाई मोहम्मद सैफुद्दीनले २१ रनमा बोल्ड आउट गरे । जस बटलरले पनि आक्रमक ब्याटिङ गर्दै ४४ बलमा ४ छक्का र २ चौका सहित ६४ रनमा क्याच आउट भए ।
कप्तान इओन मोर्गन पनि ठूलो शट खेल्ने धुनमा ४७ ओभरको पाँचौ बलमा बाउन्डीलाईन नजिकै सौम्य सरकारबाट क्याच आउट हुनुअघि ३३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा आउट भए । तल्लोक्रममा क्रिस वोक्सले ८ बलमा २ छक्का सहित १८ रनमा अविजित रहे । लियाम प्यान्केट ९ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा नट आउट रहे । बेन स्टोक्स ६ रनमा आउट भए ।
बंगलादेका लागि मेहेदी हसन मिराज र मोहम्मद सैफुद्दीनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान र मशरफे मोर्तजाको नाममा पनि समान १ विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]