default_image

7 years ago

June 8, 2019

प्रधानमन्त्रीको नाम जोड्दै क्रिकेटमा बेथिति

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबार सकिएको छ । देशका कार्यकारी प्रमुखको नाम जोडिएको एकमात्र राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता सुरुवाती दिनदेखि अन्तिम दिनसम्म पनि विवाद र आलोचनाले भरिपूर्ण रह्यो ।

राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना र नेपालय इन्टरनेशनल प्रा.लिको व्यवस्थापनमा भएको पीएम कपको अन्तिम दिन पुरस्कार वितरणमा लज्जास्पद घटना भयो । प्रतियोगिताको म्यान अफ द सिरिजलाई मोटरसाइकल प्रदान गरिने बताइएको थियो । यसअघि प्रतियोगिताको जानकारी दिन आयोजित दुई पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशवकुमार विष्टले आफैं मोटरसाइकल दिने भनेका थिए ।

शनिबार समापन समारोहमा सर्वोत्कृष्ट चुनिएका ललित नारायण राजवंशीलाई घोषणा अनुसार मोटरसाईकल दिनुपर्नेमा ५० हजार रुपैयाँ मात्र दिने घोषणा भयो । उत्कृष्ट ब्याट्सम्यान राजु रिजाल र उत्कृष्ट बलर ललितलाई ३० हजारमा टार्यो । घोषणा अनुसार यी दुबैले ५० हजार पाउनु पर्ने थियो । देशको खेलकुदको सर्वोच्च निकायको आयोजनामा भएको कार्यक्रममा यस्तो हुनु आफैंमा लज्जास्पद छ ।

ओडीआई मान्यता नेपालको लागि यो नै एक मात्रै एकदिवसिय राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हो । यसैलाई आधार मानेर आगमी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजमा खेलाडी छनोट गरिने छ । तर म्याटको प्रर्दशनलाई आधार मानेर कसरी खेलाडी छनोट गर्ने भन्ने गम्भिर प्रश्न उठ्छ । जुन स्वभाविक पनि हो ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी सम्हालेको आयोजक सुरुवातमै चुकेको थियो । जेठ १ गते हुने भनिएको प्रतियोगिता त्यस दिन हुन सकेन । त्यस दिन बेलुका मात्रै आधिकारी रुपमा स्थगित भएको जानकारी गराईएको थियो । त्यो आफैंमा हास्यस्पद छ ।

सुरुवाती समय टियुमा सबै खेल हुने भनिएपनि पछि मुलपानीमा केहि खेल हुने भनियो । जेठ १० मा मुलपानीमा उद्धघाटन भनिएपनि अन्तिममा टियुमा नै गरियो । मुलपानीका खेलहरु २ दिन पर सारियो । आयोजकले खेल्न योग्य नै नभएको निर्माणधिन मैदानमा म्याट बिछ्याईदै जवरजस्ती खेलहरु सन्चालन गरे । जसको चौतर्फी आलोचना भयो । राष्ट्रिय टोलीका कप्तान पारस खड्कादेखि सबै टोलीका कप्तान, प्रशिक्षक र खेलाडी रुष्ट र निराश थिए । आर्मीका कप्तान विनोद भण्डारीले फाइनलपछि बोल्दै प्रतियोगिताका केहि खेल म्याटमा खेल्दा प्रतियोगितनै साह्रै खल्लो लागेको बताए ।

यता टियुमा पनि व्यवस्थापन भद्रगोल थियो । कतिसम्म भने दर्शकनै खेलाडीको पेभिलिएन कक्ष हुँदै खेल हेर्न पुग्थे । मिडियाको लागि छुट्टयाइएको स्थानमा सञ्चारकर्मी र समर्थक कुन छुट्याउन गाह्रो पर्दथ्यो । दर्शकदिर्घाबाट पटक पटक समर्थक खेलाडी बस्ने ड्रेसिङ रुम पुग्दै सामग्री माग्ने दृश्य सामान्य नै थियो । प्राविधिक कमिटिदेखि खेलको प्रत्यक्ष प्रसारण गर्ने कमेन्ट्री बक्स र सञ्चारमाध्यमलाई आयोजकले इन्टरनेटलगायत सामान्य सुविधा उपलब्ध गराउन सकेन ।

यसबाहेक सुरक्षा व्यवस्था शुन्यप्राय थियो । उद्घाटन र समापनमा आएका विशिष्ट अतिथिको सुरक्षाका लागि खटिने प्रहरी बाहेक प्रतियोगितामा अन्य समयमा मैदानवरपर बिरलै सुरक्षा व्यवस्था देखियो । आयोजकले दर्शकहरुका लागि खेलको मध्यान्तरमा गर्ने भनेका विविध कार्यक्रम कागजमा सिमित भए । मुलपानीको स्थिति झनै दुखलाग्दो रहयो ।

कप्तान पारस खड्का पीएम कप खेल्दा समर्थकमा ठूलो प्रभाव पर्ने अनुमान गरिएको थियो । सार्वजनिक बिदाबाहेक अन्य दिन टियुमा १५-२० जना दर्शक देख्न मुश्किल पर्दथ्यो । एक हातले क्याच लिने जस्ता आर्कषण अफर समर्थकलाई दिएपनि त्यसले कुनै प्रभाव पारेन । धेरै समर्थकले बस्ने ठाउँमा घाँस नकाटेको भन्दै दुसो पनि त्यतिकै थियो । एक हातले क्याच गर्ने पक्षमा पनि विवाद नै रहयो । प्रतियोगिताभर एक दिन मात्र क्याच सम्भव भयो । त्यस दिन दुई क्याच भए । आयोजकले पत्रकार सम्मेलनमा एकै दिनमा जति क्याच लिएपनि सबैले ५०-५० हजार दिने घोषणा गरेका थिए । तर एक्स्पर्टको प्रायोजनमा रहेको उक्त विधामा एक दर्शकले मात्र एक हाते क्याचको पुरस्कार पाउने निर्णय भयो । समापनमा उनलाई पनि डम्मी चेक दिएको देखाइयो तर नगद भने अझै उधारो नै छ ।

पछिल्लो समय निजी क्षेत्रबाट तीन फ्रेन्चाइज लिग ईपीएल, डीपीएल र पीपीएलमा उत्कृष्ट प्रतियोगिता बनाउन एक आपसमा कडा प्रतिस्पर्धा छ । सरकारी निकायबाट हुने एक मात्र प्रतियोगिता फ्रेन्चाइज लिग भन्दा पनि अझ उत्कृष्ट हुनुपर्ने थियो । तर त्यसो हुन सकेन । यसपटक पीएम कपको व्यवस्थापन हेर्दा क्रिकेट विकास गर्न भन्दा पनि आम्दानीको राम्रो स्रोतमा बनाउनमा बढि ध्यान केन्द्रित गरेको देखिन्थ्यो । १ करोड ९४ लाख रुपैयाँ बजेट भनिएको प्रतियोगिताको व्यवस्थापन टीयू मैदानमा निजि क्षेत्रले योजना गर्ने कलेज स्तरीय प्रतियोगिताभन्दा कमजोर थियो ।

पीएम कपलाई आम्दानीको राम्रो सम्झंदा आयोजक र केहि व्यक्तिलाई राम्रो फाईदा होला तर नेपाली क्रिकेटको विकास पक्कै हुन सक्दैन । आयोजक प्रधानमन्त्रीको नाम जोड्दै गरेको प्रतियोगितामा बजेट ठूलो छ र रकम निकासा पनि छिट्टै होला तर मैदानमा हेर्ने हो भने प्रतियोगिताको प्रशंसा गर्न लायक सायदै केहि पक्ष छन् ।

राखेपले पीएम कपलाई क्यालेन्डर भर्ने एक प्रतियोगिताभन्दा क्रिकेट विकासमा ध्यान केन्द्रित गर्न आवश्यक छ । आयोजकले पीएम कपलाई गरि खाने राम्रो व्यापार होइन नेपाली क्रिकेट विकासको लागि राम्रो मेरुदण्ड गराउन तर्फ ध्यान दिनुपर्छ । अन्यथा पीएम कपबाट नेपाली क्रिकेटको विकाशको कल्पना गर्नु पक्कै मुर्खता भन्दा अन्य हुने देखिदैन ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.