default_image

7 years ago

June 9, 2019

भारतले अष्ट्रेलियालाई हरायो

167 views

0 Bookmark

एजेन्सी – भारतले एकदिवसीय विश्वकप अन्तर्गत आइतबार भएको खेलमा साविक विजेता अष्ट्रेलियालाई पराजित गरेको छ ।

भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ६९ रनको योगदान दिए । ४० ओभरको अन्तिम बलमा भुवनेश्वर कुमारले एलवी डब्लू आउट गर्नु अघि स्मिथले ७० बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुस्त गतिमा सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका रुपमा १४ ओभरको पहिलो बलमा कप्तान आरोन फिन्चलाई ३६ रनमा गुमाएको थियो । दुई रन लिने क्रममा रन आउट हुनुअघि फिन्चले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका रुपमा वार्नर ५६ रनमा क्याच आउट भए । युजभेन्द्र चाहलले भुवनेश्वरबाट क्याच गराउनु अघि वार्नरले ८४ बलमा ५ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि स्मिथ र उस्मान खवाजाले ६९ रनको साझेदारी गर्दै केहि आसा देखाएका थिए । तर ३७ ओभरको चौथो बलमा जसप्रित बुमराहले खवाजालाई ४२ रनमा बोल्ड आउट गरेपछि भारत खेलमा फर्किएको थियो । खवाजाले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । मार्कस स्टोइनिसलाई भुवनेश्वरले शुन्यमा बोल्ड आउट गरे । ग्लेन म्याक्सवेलले १४ बलमा ५ चौका सहित २८ रन जोड्दै आक्रमक इनिङ खेलेपनि त्यसलाई लामो समय निरन्तरता दिन सकेनन् । नाथन कुल्टर नाईल ४ र प्याट कम्मिन्स ८ रनमा आउट भए ।

तल्लोक्रममा विकेटकीपर एलेक्स केरिले ३५ बलमा ५ चौका र १ छक्का सहित ५५ रनमा अविजित रहेपनि विशाल लक्ष्य पुरा गर्न प्राप्त भएन । भारतका लागि जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान ३ विकेट लिए । युजभेन्द्र चाहलको नाममा पनि २ विकेट रह्यो ।

त्यस अघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनायो । भारतका लागि ओपनर शिखर धवनले शतक प्रहार गरे । धवनले ३३ ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरे । ३७ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्रीलाईन नजिकै क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित १ सय १७ रन बटुले ।

ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि २२।३ ओभरमा १ सय २७ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । यी दुईबीचको साझेदारी नाथन कुल्टर नाईलले कट निकाल्दै विकेटकीपर एलेक्स केरिबाट क्याच गराउँदै रोहितलाई पेभिलिएन फर्काए । रोहितले ७० बलमा ३ चौका र १ छक्का सहित ५७ रनको योगदान दिए ।

तल्लोक्रममा हार्दिक पान्ड्याले आक्रमक ब्याटिङ गर्दै २७ बलमा ४ चौका र ३ छक्का सहित ४८ रनमा क्याच आउट भए । प्याट कमिन्सको ४६ ओभरको पाँचौ बलमा लो फुलटस बलमा ठूलो शट खेल्ने धुनमा कप्तान फिन्चबाट पान्ड्या क्याच आउट भए । हार्दिक शून्यमा खेलिरहेको अवस्थामा ३८ ओभरको तेस्रो बलमा विकेटकीपर एलेक्स केरिले क्याच छोड्दै जीवनदान दिएका थिए । त्यस्तै कप्तान विराट कोहलीले ७७ बलमा ४ चौका र २ छक्का सहित ८२ रनमा क्याच आउट भए ।

महेन्द्रसिंह धोनीले पनि आक्रमक ब्याटिङ गर्दै विशाल योगफलसम्म पुर्याए । धोनीले १४ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा क्याच आउट भए । केएल राहुल ११ रनमा अविजित रहे । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक २ विकेट लिए । त्यस्तै प्याट कमिन्स,नाथन कुल्टर नाईल र मिचेल स्टार्कले समान १ विकेट हात पारे ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.