7 years ago
June 10, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि साउथह्याप्टनमा सुरु हुने छ ।

वेस्ट इन्डिज दोस्रो जितको खोजिमा हुँदा अफ्रिका पहिलो जित निकाल्ने दाउमा छ । इंग्ल्यान्ड, बंगलादेश र भारतसँग पराजित भएको अफ्रिकालाई शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । तर वेस्ट इन्डिजबीरुद्ध चोट ग्रस्त अफ्रिकालाई जित निकाल्न पक्कै सहज हुने छैन । वेस्ट इन्डिजले पाकिस्तानमाथि सहज जित निकाल्दा अष्ट्रेलियाविरुद्ध पराजित भएपनि कडा टक्कर दिएको थियो ।
विश्वकपमा यी दुई देशबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा अफ्रिका ४ र वेस्ट इन्डिज २ पटक विजयी भएका छन् । कुल ६१ वान डे खेल हुँदा अफ्रिका ४४ खेलमा विजयी भएको छ भने १५ खेलमा पराजित भएको छ । २ खेल नतिजा बिहीन छ ।
चोटले ग्रस्त दक्षिण अफ्रिकालागि तीव्र गतिका बलर लुन्गी एन्गीडी अझै पूर्णरुपमा फिट भएका छैनन् । अफ्रिकाको मध्यक्रम ब्याटिङ केहि कमजोर देखिएको छ । कप्तान फाफ डु प्लेसिस, विकेटकीपर क्विन्टन डी कक, रस्सि भान डर दुसेन, डेविड मिलर र एडेन मारक्रम ब्याटिङका प्रमुख हतियार हुन् । तीव्र गतिका बलर कागिसो रबाडा र स्पिनर इमरान ताहिर अफ्रिका प्रमुख बलर हुन् । एन्डिलो फेलुक्वायो पनि राम्रै लयमा देखिन्छन् । यी खेलाडीको प्रर्दशनमा अफ्रिका जित निर्भर रहने छ । अलराउण्डर जेपी ड्यूमिनी नचल्नु अफ्रिकालाई थप चिन्ता बनेको छ ।
वेस्ट इन्डिजका ओपनर क्रिस गेल, शाई होप, अलराउण्डर आन्द्रे रसेल, कप्तान जेसन होल्डर, कार्लोस वेर्थवेट, शेलडन कट्रेलको लय रोक्न अफ्रिकालाई कठिन पर्ने देखिन्छ । आन्द्रे रसेलले आफ्नो अलराउण्डर प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]