default_image

7 years ago

June 10, 2019

अन्तर्राष्ट्रिय क्रिकेटबाट युवराजको सन्न्यास

134 views

0 Bookmark

एजेन्सी –भारतीय क्रिकेट टिमका पुर्व विश्फोटक ब्याट्सम्यान तथा अलराउण्डर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सोमबार युवराजले सन्न्यासको घोषणा गरेका हुन् ।

युवराजको नाममा विश्वक्रिकेटमा ६ बलमा ६ छक्का, १२ बलमा अर्ध शतक पुरा गर्ने जस्ता दुर्लभ कीर्तिमान रहेका छन् । युवराजले सन् २००० मा केन्याविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए ।

उनले ३ सय ४ वान डे खेलमा २ सय ६१ इनिङमा १४ शतक र ५२ अर्ध शतक सहित कुल ८ हजार ७ सय १ रन बटुलेका छन् । वेस्ट प्रर्दशन १ सय ५० छ । त्यस्तै ४० टेस्टमा ३ शतक र ११ अर्ध शतक सहित कुल १ हजार ९ सय रन बटुलेका छन् ।

वेस्ट प्रर्दशन १ सय ६९ रहेको छ । सन् २००३ मा न्युजिल्यान्डबीरुद्ध टेस्टमा डेब्यू गरेका थिए । त्यस्तै ५८ टी ट्वान्टी अन्तर्राष्ट्रिय ५८ खेलमा कुल ४ सय ९९ रन बटुलेका छन् । वान डे क्रिकेटमा १ सय ११,टेस्टमा ९ र टी ट्वान्टीमा २८ विकेट लिएका छन् ।

युवराज सन् २०१७ यता भारतीय टोलीमा छैनन् । सन् २००७ मा टी ट्वान्टी विश्वकप र सन् २०११ को वान डे विश्वकप भारतले जित्दा युवराजको प्रर्दशन महत्वपूर्ण रहेको थियो ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.