default_image

7 years ago

June 11, 2019

श्रीलंकालाई ब्याटिङकै चिन्ता !

130 views

0 Bookmark

एजेन्सी – एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुदैं छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ बजे ब्रिस्टलमा सुरु हुने छ ।

दुबै टोली दोस्रो जितको खोजिमा छन् । श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित हुँदा दोस्रो खेलमा अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ३४ रनले हराएको थियो । तेस्रो खेलमा भने वर्षाको कारण पाकिस्तानसँग अंक बाडेको थियो ।

यता बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले स्तब्ध पार्दा दोस्रो खेलमा न्युजिल्यान्डसँग २ विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा इंग्ल्यान्डसँग १ सय ६ रनको फराकिलो हार ब्याहोरेको बंगलादेश चौथो खेलमा दोस्रो जित निकाल्दै शीर्ष चारमा रहदै सेमिफाईनल खेल्ने संभवना बलियो बनाउन चाहान्छ ।

बंगलादेशका अलराउण्डर सकिब अल हसन उत्कृष्ट लयमा छन् । उनले इंग्ल्यान्डसँगको खेलमा १ सय २१ रनको उत्कृष्ट शतकिय इनिङ खेल्दा त्यसअघि दक्षिण अफ्रिकासँग ७५ र न्युजिल्यान्डसँग ६४ रन जोडेका थिए । सकिबलाई रोक्न श्रीलंका खेलाडीलाई मुश्किल पर्नसक्छ ।

सौम्य सरकार,मुश्फिकुर रहिम,महमदुल्लाह,मोसाद्देक हसन साथै तामिम इकवाल बंगलादेशमा ब्याटिङ हतियार हुन् । युवा खेलाडी मेहदी हसन मिराज,मुस्ताफुजिर रहमान,मोहम्मद सैफुद्दीन र कप्तान मोशरफे मोर्तजाले विश्वकपको सुरुवाती तीन खेलमा राम्रो बलिङ प्रर्दशन गरेका छन् ।

यता श्रीलंकालाई ब्याटिङकै चिन्ता छ । न्युजिल्यान्डसँगको खेलमा कप्तान दिमुथ कुरुणारत्ने ५२ रनमा अविजित रहँदा अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेका थिएनन् । जुन खेलमा प्रमुख ब्याट्सम्यान कुशल मेन्डिस र एन्जिलो मेन्थिज डक आउटको शिकार बने ।

दोस्रो खेलमा अफगानिस्तानसँग कुशल परेराले ७८ रनको उत्कृष्ट इनिङ खेल्दा उनलाई कुनै पनि ब्याट्सम्यानले राम्रो साथ नदिदा २ सय १ रनमा अल आउट भएको थियो । जसमा मध्यक्रममा प्रमुख ४ ब्याट्सम्यानले ४ रन मात्र जोडेका थिए ।

कुशल मेन्डिस २,एन्जिलो मैथ्युज दोस्रो खेलमा पनि डक आउट भए । जसमा धनन्जय डी शिल्भा डक र तिसेरा परेरा २ रनमा रन आउट भएका थिए । शीर्षक्रममा ब्याट्सम्याननै खराब लयमा रहदा श्रीलंकालाई थप चिन्ताको थपिएको छ ।

एन्जिलो मैथ्युज लगातार डक आउट हुनु,कुशल मेन्डिस लगायत अन्य खेलाडी खराब लय र गैरजिम्मेवार शट खेल्नु श्रीलंकालाई ठूलो चिन्ताको विषय बनेको छ । आजको खेलमा कुशल मेन्डिस,एन्जिलो मैथ्युज,धनन्जय डी शिल्भा,तिसेरा परेराा,इसरु उडना विशेष जिम्मेवारीका साथ खेल्नुपर्ने देखिन्छ ।

अन्यथा बलियो बंगलादेशबीरुद्ध श्रीलंकालाई जित निकाल्न कठिन पर्न सक्छ । पहिलो खेलमा न्युजिल्यान्डसँग निरिह सावित भएका श्रीलंकन कुनै पनि बलरले विकेट लिन सकेका थिएनन् । दोस्रो खेलमा लाथिस मलिङ्गाले ३ र नुवान प्रदीपले ४ विकेट लिदै जित पक्का गरेका थिए ।

आजको खेलमा पनि प्रदीप र मलिङ्गाको प्रर्दशन निकै महत्वूर्ण हुने छ । बंगलादेशले विश्वकपमा हालसम्म श्रीलंकालाई हराउन सकेको छैन । बंगलादेश विश्वकपमा पहिलो पटक श्रीलंकालाई हराउँदै इतिहास रच्न आतुर छ ।

विश्वकपमा यी दुईदेशबीच ३ खेल हुँदैतीनै पटक श्रीलंका विजयी भएको छ । वान डे हेड टु हेडमा यी दुई देशबीच ४५ खेल हुँदा ३६ खेलमा श्रीलंका र ६ खेलमा बंगलादेश विजयी भएका छन् । २ खेलको नतिजा विहिन छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.