default_image

7 years ago

June 12, 2019

पहिला ब्याटिङ गर्दै अष्ट्रेलिया

132 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार साविक विजेता अष्ट्रेलियाले पाकिस्तानवीरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

भर्खर सम्पन्न टसमा पाकिस्तानले पहिला टस जितेर फिल्डिङ गर्ने निर्णय लिएसँगै अष्ट्रेलियाले ब्याटिङको निम्तो पाएको हो । अष्ट्रेलियाले आज दुई खेलाडी परिवर्तन गरेको छ ।

घाईते मार्कस स्टोइनिसको स्थानमा शन मार्श र स्पिनर एडम जम्पाको स्थानमा केन रिचड्सनलाई मौका दिएको छ । पाकिस्तानले एक खेलाडी परिवर्तन गर्दै सादव खानको स्थानमा युवा तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई मैदान उतार्ने भएको छ । प्रतियोगितामा अष्ट्रेलिया तेस्रो र पाकिस्तान दोस्रो जितको खोजिमा छन् ।

अष्ट्रेलियाको प्लेइङ ११ : डेविड वार्नर,आरोन फिन्च(कप्तान),शन मार्श,स्टिभ स्मिथ,उस्मान खवाजा,ग्लेन म्याक्सवेल,एलेक्स केरि,नाथन कुल्टर नाईल,प्याट कमिन्स,मिचेल स्टार्क, केन रिचड्सन ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक,फकार जमान,बाबर आजम,मोहम्मद हफिज,सहर्फराज अहमिद,(कप्तान),सोएब मालिक,आशिफ अली,वहाब रियाज,हसन अली,शाहिन शाह अफिद्री, मोहम्मद आमिर ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.