7 years ago
June 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता असार ४ देखी ११ सम्म महेन्द्रनगरको खुल्ला मञ्चमा हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश १ विभागिय टोली सशस्त्र प्रहरी बल(एपीएफ) को सहभागिता रहने छ । समुह ए मा एपीएफ,सुदूरपश्चिम,प्रदेश ५ र गण्डकी छन् । त्यस्तै समुह बी मा प्रदेश १,प्रदेश २,प्रदेश ३ र कर्णाली छन् ।
असार ४ मा पहिलो खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने छन् । त्यसै दिन दोस्रो खेलमा प्रदेश २ कर्णालीबीच प्रतिस्पर्धा हुने छ । समुह चरण खेल असार ९ सम्म चल्ने छन् । हरेक दिन दुई खेल हुने छन् । पहिलो खेल बिहान ७ र दोस्रो खेल दिउँसो २ बजेपछि सुरु हुने छ ।
दुबै समहुका शीर्ष दुईदुई टोली सेमिफाईनलमा प्रवेश गर्ने छन् । सेमिफाईनल असार १० र फाईनल ११ गते हुने बताईएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुन लागेको यस प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैँया प्राप्त गर्ने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]