default_image

7 years ago

June 13, 2019

कहाँ पुग्यो एनसीएल वुमन्स लिग ?

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत फागुनमा एनसीएल स्पोट्रस प्रालिले एक पत्रकार सम्मेलन गर्दै चैत्रमा १ देखि ९ गते सम्म एनसीएल वोमन्स टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता गर्ने घोषणा गर्यो ।

नेपालमै पहिलो पटक फ्रेन्चाइज पद्दतिमा रहेर प्रतियोगिता आयोजना हुने भएपछि नेपाली महिला क्रिकेटमा एक नयाँ खुसी र उत्साह छायो । अन्तर्राष्ट्रिय प्रतियोगिता चाडपर्व जस्तै वर्षमा एक दुई पटक हुने नेपाली महिला क्रिकेटको लागि यस प्रतियोगिताले धेरै खुसी दिएको थियो । घरेलु प्रतियोगिता शुन्यप्राय रहेको अवस्थामा पहिलोपटक अक्सनमा आधारित एनसीएल वुमन्स टि-२० लिग गर्ने भनिएपछि नेपाली महिला क्रिकेटर खुसी हुनु स्वभाविक पनि थियो । तर चौथो पटक मिती परिवर्तन हुँदासम्म प्रतियोगिता कहिले हुने भन्ने अनिश्चित छ । कतै प्रतियोगिता नै नहुने हो की भन्न शंका पनि उत्पन्न हुन थालेको छ ।

चैत्र १ गते देखि ९ सम्म विराटनगरको बैजानाथपुरमा हुने भनिएको प्रतियोगिता प्राविधिक कारण देखाउँदै आयोजकले वैशाख ७ देखि १४ सम्मलाई सारेको थियो । चैत्र पहिलो साता पुन: एक पत्रकार सम्मेलन गर्दै आयोजकले वैशाख ७ देखि १४ सम्म आठौं राष्ट्रिय खेलकुदसँग जुध्न पुगेको भन्दै मिती परिवर्तन गर्दै जेठ ६ देखि १३ गते सम्म काठमाडौंको कीर्तिपुरमा हुने जनायो । तर फेरि त्यहि समयमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता सुरु हुने भन्दै चौथो पटक मिती परिवर्तन गर्दै जेठ २४ गते देखी ३० गते सम्म हुने बताईएको थियो । तर आज जेठको ३० गते पुग्दा सम्म आयोजकले हाल सम्म कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

त्यसअघि आयोजकले चैत्रमा पहिलो साता चार शहरका चार टोलीको नाम,मार्की खेलाडी र टोलीका मालिक घोषणा गरेको थियो । घोषणा अनुसार विराटनगर रोअरिङ, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्सले प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो । राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री भैरहवा, धनगढीमा सिता राना मगर,काठमाडौंमा नेरि थापा र विराटनगरमा करुणा भण्डारीलाई एक पत्रकार सम्मेलनमा चिठ्ठा मार्फत मार्की खेलाडी घोषणा गरिएको थियो ।

टोली मालिकका रुपमा विराटनगरका अनुप सक्सेना, भैरहवाका दिपक सुबेदी र अनिल भण्डारी, धनगढीका हरि खनाल र काठमाडौंकी नायिक रेखा थापालाई सार्वजनिक गरिएको थियो । यति मात्र होइन आयोजकले चैत्र १७ मा काठमाडौंमा एक अक्सन गरि कुल ८० जना खेलाडीबाट हरेक टोलीले १३–१३ जना गरि अनुबन्ध समेत गराएको थियो । अक्सनसँगै प्रतियोगिता समयमै हुनेमा धेरै खेलाडी र समर्थक थप aआशावादी बनेका थिए । तर बारम्बार मिति परिवर्तन हुँदा त्यो आसा निराशामा बदलिन थालेको छ ।

असार ४ देखि १० सम्म महेन्द्रनगरमा प्रधानमन्त्री महिला टी ट्वान्टी प्रतियोगिता हुँदै छ । यो अवस्थामा अहिले नै यो प्रतियोगिता सम्भव छैन । त्यसपछि वर्षा ऋतु सुरु हुने हुँदा असार र साउनमा प्रतियोगिता हुन संभव छैन ।

यो सबका बाबजुद एनसीएल स्पोट्र्स प्रालीका प्रबन्ध निर्देशक जयराज रोयले प्रतियोगिता गरेरै छाड्ने बताए । तर कहिले गर्ने भन्नेमा उनी आफैंसँग जवाफ छैन । ‘प्रतियोगिता हुन्छ । हामी जसरी पनि गछौं । नयाँ मिति लगायत सबै कुराको निर्णय एक हप्ता भित्रमा पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारीमा छौं,’ रोयले हाम्रो खेलकुदसँग भने । यता नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगट टमाटा भने आयोजकले भदौसम्म प्रतियोगिता गर्ने तयारी गरेको बताउँछन् ।

महिला घरेलु प्रतियोगिता शून्यजस्तै भएको बेला एनसीएल वुमन्स टी ट्वान्टी लिग जस्ता प्रतियोगिता घोषणा हुनु महिला क्रिकेटरको लागि खुसीको कुरा हो । यसले घट्दो नेपाली महिला क्रिकेटको लोकप्रियतालाई केहि हदसम्म रोक्न सक्छ । तर बारम्बार मिति परिवर्तन हुनाले खेलाडी, मालिक र समर्थकमा प्रतियोगिता हुने मै शंका उत्पन्न भएको छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.