7 years ago
June 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान तथा यू१९ टोलीका कप्तान रोहित कुमार पौडेलले यस पटक विश्वकप छनोटको गल्ति दोहोरिन नदिने बताएका छन् ।

नेपाली यु-१९ टोलीले यसै महिना मलेसियामा हुने एसीसी इस्टर्न रिजन यू१९ प्रतियोगिताको लागि टीयू क्रिकेट मैदानमा अभ्यासका क्रममा रोहितले यस्तो बताएका हुन् । ‘एक महिनाअघि राम्रो प्रर्दशन गर्दा पनि विश्वकप छनोट हुन सकेनौं । यूएईसँगको खेलमा हाम्रा केहि कमजोरीहरु रहे । सबैले त्यसबाट राम्रो पाठ सिकेका छन् । त्यस्तो गल्ती यसपटक दोहोरिने छैन’,रोहितले भने ।
रोहितले आफ्नो क्षमता अनुसार खेल्ने हो भने नेपालले सबै टोलीमाथि सहज जित निकाल्न सक्ने बताउँछन् । ‘नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । हामी उपाधि जित्दै एसिया कप खेल्ने छौं । तर कुनै पनि टोलीलाई कमजोर ठान्न हुँदैन’, रोहितले भने ।
यद्यपि रोहितले प्रशिक्षणको समय निकै कम भएको बताए । ‘१०-१५ दिनमा सबै खेलाडीले राम्रो मौका पाउन सक्दैनन् । एक डेढ महिनाको समय भएको कुन खेलाडी कस्तो खेल्थ्यो राम्रोसँग थाहा हुन्थ्यो’, रोहितले भने । एसिया कपमा टेस्ट राष्ट्रविरुद्ध राम्रो प्रर्दशन गर्न सके सिनियर टोलीसम्म पुग्न सहज हुने हुँदा सबै खेलाडी उत्कृष्ट प्रर्दशन गर्न आतुर रहेको रोहित बताउछन् ।
एक महिनाअघि विश्वकप छनोटमा अन्तिम १८ रहेका खेलाडी, प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता तथा यू१६ टोलीमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोलीमा बोलाउँदै शुक्रबारबाट तयारी थालिएको छ ।
मलेसियामा ३० जुन देखि १० जुलाई सम्म चल्ने प्रतियोगितामा समुह ए मा नेपालसँगै सिंगापुर, म्यानमार र चीन छन् । त्यस्तै समुह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । प्रतिस्पर्धीहरु हेर्दा नेपाल यस प्रतियोगिताको प्रमुख दाबेदार टोली मानिन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]