7 years ago
June 17, 2019
भूपेन्द्र जिसी, काठमाडौं
झन्डै चार वर्षको प्रतिक्षापश्चात अन्तत: नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रशिक्षक पाएको छ । जेठ १७ देखि भारतीय प्रशिक्षक उमेश पटवालले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । तत्कालिन प्रशिक्षक पुबुदु दासानायके आन्तरिक किचलोको कारण सन् २०१५ मा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५–१७ खेल्दै गर्दा बाहिरीएदेखि नेपाल अन्तर्राष्ट्रिय प्रशिक्षकविहीन थियो । पुबुदुपछि तत्कालिन यू१९ प्रशिक्षक जगत टमाटाले नेपाली टोली सम्हाल्ने। यसबीचमा नेपालले पटक पटक ब्याटिङ कन्सल्टेन्टका रुपमा विदेशी प्रशिक्षकको सहयोग लिएको थियो ।

टमाटाको प्रशिक्षणमा नेपालले पहिलो पटक वानडे मान्यता, टी ट्वान्टी र वान डे सिरिज जित्ने जस्ता ऐतिहासकि सफलता हात पार्यो । तर नेपाली क्रिकेटलाई अझ गति दिन साँच्चै अन्तर्राष्ट्रिय प्रशिक्षक आवश्यकता थियो । पछिल्लो समय समर्थकले पनि अन्तर्राष्ट्रिय प्रशिक्षकको माग उठाउदै आएका थिए ।
क्यान नभएको अवस्थामा विदेशी प्रशिक्षक नियुक्तिका लागि लामो समय पर्खनु पर्यो । राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष पहलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अनुमती दिएसँगै पटवालले पूर्णता पाए । त्यसअघि मोन्टि देशाईले पनि नेपालको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका थिए । तर उनले यसबीचमा क्यानाडाको प्रशिक्षक बन्ने अवसर पाए । गत माघमा यूएईसँग वान डे र टी ट्वान्टी सिरिज जित्दा ब्याटिङ कन्सल्टेन्टक रुपमा काम गरिसकेका पटवाल नेपाली क्रिकेटमा राम्रोसँग घुलमिल छन् ।
नेपाललाई आगामी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप खेलाउने प्रमुख लक्ष्य राखेका पटवाललाई अवसर र चुनौती दुवै छ । टी-२० विश्वकप उनको लागि सबैभन्दा ठूलो चुनौती देखिन्छ । यस बाहेक आईसीसी विश्वकप लिग २ लगायत अन्य थुप्रै वान डे तथा टी ट्वान्टी सिरिजमा उत्कृष्ट नतिजा निकाल्नु पर्ने दबाब पनि उनीमाथि छ । उनको ध्यान आईसीसीको वान डे र टी ट्वान्टी वरियतामा सुधार गर्नुपर्ने पनि हुने छ ।
नेपाली टोली जुलाईमा हुने एसिया टी ट्वान्टी विश्वकप छनोटको तयारीमा छ । प्रतिस्पर्धी अनुसार नेपाललाई उपाधिको एक्लो दाबेदार मानिन्छ । एसिया कप छनोट पटवाललाई खेलाडीको कमजोरी पत्ता लगाउने राम्रो अवसर बन्न सक्छ । एसिया कप हुँदै ग्लोबल छनोटमा शीर्ष ६ देशभित्र पर्न सके नेपालले आगमी वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपको टिकट काट्ने छ ।

सबै नेपाली क्रिकेट खेलाडी, समर्थक र शुभचिन्तक पनि विश्वकपको पर्खाइमा छन् । नेपाली क्रिकेट अहिलेको आवश्यकता पनि त्यहि हो । सन् २०१४ मा पहिलो पटक टी ट्वान्टी विश्वकप खेल्दा नेपालमा क्रिकेटको लोकप्रियता ह्वात्तै बढ्न पुगेको थियो । त्यसैले विश्वकपमा छनोट हुन सके नेपाली क्रिकेटले थप नयाँ उचाईले लिने आशा गरिएको छ । अन्यथा नेपाली क्रिकेट धेरैपछि धकेलिन सक्छ । टेष्ट राष्ट्र आयरल्यान्ड र जिम्बावे, नेदरल्यान्ड, स्कटल्यान्ड, हङकङ र ओमान जस्ता देशले सहभागिता जनाउने उक्त विश्वकप छनोटमा नेपाललाई सहज भने पक्कै हुने छैन ।
नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा छ । यो अवस्थामा पटवालले सिमित स्रोत र साधनकाबीच उत्कृष्ट नतिजा निकाल्नु पर्ने हुन्छ । सिमित स्रोत र साधनमा आफुले सोचे अनुसार नतिजा नपाउन पनि सक्छन् । प्रशिक्षणमा थुप्रै अभाव झेल्नुपर्ने हुँदा त्यसको असर प्रत्यक्ष अप्रत्यक्ष रुपमा खेलाडी र टोलीको प्रर्दशनमा पर्न जान्छ । खराब नतिजाको आलोचनाको भागिदार पनि प्रशिक्षकनै हुनुपर्छ ।
पछिल्लो समय २०-२५ जना खेलाडीबीच मात्रै बन्द प्रशिक्षण हुँदै आएको छ । सिमित खेलाडीको बन्द प्रशिक्षणबाट उत्कृष्ट नतिजा निकाल्न कठिन पर्छ । उत्कृष्ट प्रर्दशनको लागी खेलाडीबीच कडा प्रतिस्पर्धा हुन आवश्यक छ । जसको लागि बन्द प्रशिक्षणमा खेलाडीको सङ्ख्या बढाउनु पर्ने हुन्छ । बन्द प्रशिक्षण पनि थोरै समयमात्रै हुने गरेको छ । क्यान नभएको अवस्थामा आईसीसीले तोकेको समयमा सिमित खेलाडीको लागि मात्र खर्च उपलब्ध गराउने हुँदा प्रशिक्षणको लागि कठिन भएका प्रष्ट देखिन्छ । अन्य खेलाडी साथै लामो समय प्रशिक्षण कसरी गराउने भन्नेमा आफैमा चुनौती छ ।

फ्रेन्चाईज लिगमा सबै टोलीले अक्सनमा उत्कृष्ट खेलाडी अनुबन्ध गर्न खोज्दा युवा प्रतिभा नपरेको थुप्रै उदाहरण छन् । अहिले नेपाली टोलीमा ठूलो सम्भावना देखाईसकेका युवा खेलाडी भीम सार्की दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) मा बिकेका थिएनन् । पहिलो डीपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुमित महर्जनले डेढ वर्ष पर्खाइपछि मात्र अर्को प्रतियोगिता खेल्न पाए । यी उदाहरण मात्रै हुन् । थुप्रै प्रतिभा अहिले प्राप्त अवसर नपाउँदा माथि उठ्न सकेका छैनन् । क्यान नभएको अवस्थानमा ती खेलाडीलाई कसरी माथि ल्याउने भन्ने चिन्ता पनि त्यतिकै छ ।
पछिल्लो समय खेलाडी छनोट तीन फ्रेन्चाईज ईपीएल, डीपीएल र पीपीएल तथा प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रर्दशनलाई आधामा मानेर गरिँदै आएको छ । घरेलु लिग टी ट्वान्टी स्वरुपमा धेरै हुँदा नेपालले अन्तर्राष्ट्रिय स्तरमा भने वान डे फर्म्याटमा प्रतियोगिता धेरै खेल्ने गर्दछ ।
टी ट्वान्टी लिगको प्रर्दशनलाई आधार मानेर वान डेको लागि खेलाडी छनोट गर्नु उपुक्त मानिदैन । टी ट्वान्टीका लागि सबै योग्य खेलाडी वान डेका लागि नहुन सक्छ । त्यस्तै वान डे शैलीमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले टी ट्वान्टीमा नगर्न पनि सक्छ । अहिले नेपालको खेलाडी छनोट प्रकृया उल्टो देखिन्छ । फरक घरेलु प्रतियोगिताबाट फरक शैलीको अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजा निकाल्नु पर्ने चुनौती पनि पटवाललाई हुने छ ।

नेपालले एसिया छनोट, ग्लोवल क्वालिफायरसँगै विश्व क्रिकेट लिग २ अन्तर्गत थुप्रै देशसँग होम अवेमा वान डे सिरिज खेल्ने छ । यो अवस्थामा आगमी सबै प्रतियोगिता खेलाडी छनोटमा पटवालको भूमिका प्रमुख रहने छ । टी ट्वान्टी र वान डे प्रतियोगिताको लागि फरक फरक खेलाडी छनोट गर्नु पने चुनौती पनि त्यतिनै छ । जसको लागि उनले धेरै खेलाडीको प्रर्दशन हेर्नुपर्ने हुन्छ ।
पछिल्लो एक वर्षमा नेपाली घरेलु क्रिकेट प्रतियोगिताको प्रर्दशन हेर्दा सिनियर खेलाडीको भन्दा जुनिर खेलाडीको प्रर्दशन राम्रो देखिन्छ । यसले पटवाललाई अझै दोधारमा पार्न सक्छ । दुई फरक स्वरुपको फर्म्याटका लागि खेलाडी छनोट गर्न पटवाललाई पक्कै सहज हुने छैन ।
पटवाललाई चुनौतीसँगै अवसर पनि उत्तिकै छ । आफ्नो कार्यकालमा राम्रो नतिजा दिन सके पटवलाले एक वर्षमात्रै होइन लामो समयसम्म नेपाली टोलीको नेतृत्व गर्न सक्छन् । तर नतिजा खराब रहे उनको विकल्प खोज्नुपर्ने हुन्छ । त्यसैले पटवालको एक वर्षे अवधी सहज देखिदैन ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]