7 years ago
June 17, 2019
एजेन्सी – भारतीय टोलीका कप्तान विराट कोहलीले पूर्व कप्तान सचिन तेन्दुलकरको अर्को कीर्तिमान तोडेका छन् । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकपमा आइतबार पाकिस्तानसँगको खेलमा ७७ रन प्रहार गर्दै कोहली सचिनको नाममा रहेको सर्वाधिक छिटो ११ हजार रन पुरा गर्ने रकेर्ड तोडेका छन् ।

विराटले २ सय ३० खेल खेल्दा २ सय २२ इनिङमा यो रेकर्ड बनाएका हुन् । यस अघि सचिनले २ सय ७६ इनिङमा यो कीर्तिमान बनाएका थिए । विराटले सचिनले भन्दा ५४ खेल अगावै ११ हजार रन पुरा गर्दै यो रेकर्ड तोडेका हुन् । विराटलेनै केहि महिना अघि सचिनको नाममा रहेको सर्वाधिक छिटो १० हजार रन जोड्ने रेकर्ड तोडेका थिए ।
रन मेसिनको उप नाम पाएका कोहलीले हालसम्म वान डे क्रिकेटमा २ सय ३० खेलमा २ सय २२ इनिङ ब्याटिङ गर्दै ४१ शतक,५१ अर्ध शतक सहित कुल ११ हजार २० रन बनाई सकेका छन् । उत्कृष्ट प्रर्दशन १ सय ८३ रनको छ । उनले सन् २००८ मा श्रीलंकाविरुद्द खेल्दै ‘डेब्यू’ गरेका थिए ।
विश्व वान डे क्रिकेटमा ११ हजार रन पुरा गर्ने ९ औं ब्याट्सम्यान हुन् । भारतीय भने तेस्रो ब्याट्सम्यानमा पर्दछन् । भारतीय टोलीका पूर्व कप्तान सौरभ गांगुलीले पनि आफ्नो वान डे करियरमा कुल ११ हजार ३ सय ३६ रन बनाएका छन् । वान डे क्रिकेटमा सर्वाधिक रन बनाउने रेकर्ड सचिनको नाममा छ । सचिनले कुल ४ सय ६३ खेलमा ४९ शतक,९६ अर्ध शतक सहित कुल १८ हजार ४ सय २६ रन जोडेका छन् । उनको वेस्ट प्रर्दशन नट आउट २ सय रन छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]