7 years ago
June 17, 2019
एजेन्सी – भारतीय टोलीका तीब्र गतिका बलर भुवनेश्वर कुमारले इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आगमी तीन खेल गुमाउने भएका छन् ।

आइतबार पाकिस्तासँगको खेलमा पाँचौ ओभरको चौथो बलमा इमाम उल हकलाई बलिङ गर्ने बेला खट्टाको माशंपेशीमा समस्या आएपछि उनि मैदान बाहिर गएका थिए ।
भारतीय टोलीका कप्तान विराट कोहलीले भुवनेश्वर कुमारले दुई तीन खेल गुमाउने बताएका छन् । अर्थात उनले अफगानिस्तान,वेस्ट इन्डिज र इंग्ल्यान्डसँगको खेल गुमाउने छन् । उनको स्थान मोहम्मद सामीले लिने छन् ।
यस अघि अष्टे«लियासँगको खेलमा खुट्टामा चोटका कारण ओपनर शिखर धवनले लिग चरणका बाँकी सबै खेल गुमाउने निश्चित छ । प्रमुख दुई खेलाडीको चोटल भारतलाई लिग चरणका खेलमा धक्का लाग्न सक्छ ।
भारतले आफ्नो पाँचौ खेल २२ जुनमा अफगानिस्तानसँग खेल्ने छ । सुरुवाती ४ खेलमा ३ मा जित निकालेको भारत ७ अंकका साथ तेस्रो स्थानमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]