6 years ago
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै इंग्ल्यान्डले जारी विश्वकपमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन बनायो ।
अफगानिस्तानका लागि मध्यक्रमका हशमतुल्लाह शाहिदिले सर्वाधिक ७६ रनको योगदान दिए । ४६ ओभरको पाँचौ बलमा जोफ्रा आर्चरले बोल्ड आउट गर्नु अघि उनले १ सय बलको सामना गर्दा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रामत शाहले ४६ रन बटुले । आदिल राशिदले जोनी बेयरस्टोबाट क्याच आउट गराउनु अघि शाहले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै अस्गर अफगानले ४८ बलमा ३ चौका र २ छक्का सहित ४४ रनको योगदान दिए । चौथो विकेटको लागि अस्गर र हशमतुल्लाहले ९४ रनको फराकिलो हारको अन्तर घटाए । अफगानिस्तानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।
ओपनर नुर अली जदरानलाई जोफ्रा आर्चरले दोस्रो ओभरको दोस्रो बलमा शुन्यमा बोल्ड आउट गरे । कप्तान गुलबदीन नाइबले २८ बलमा ४ चौका र १ छक्का सहित ३७ रनको योगदान दिए । मोहम्मद नाबी ९,नजिव हुल्लाह १५ र राशिद खान ८ रनमा आउट भए ।
इंग्ल्यान्डका लागि आदिल राशिदले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै जोफ्रा आर्चर पनि ३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो अहिले सम्मकै उच्च योगफल समेत हो ।
इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न कप्तान मोर्गनले आफ्नो वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरे । गुलवदीन नाईबको ४७ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाइन नजिकै क्याच आउट हुनुअघि मोर्गनले मात्र ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रनमा क्याच आउट भए । योसँगै मोर्गन एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान समेत बनेका छन् । उनले क्रिस गेलको रेकर्ड तोडेका हुन् ।
मोर्गनले मात्रै ५७ बलमा आफ्नो वान डे करियरको १३ औं शतक पुरा गरेका थिए मोर्गनले ४३ ओभरको अन्तिम बलमा राशिद खानलाई छक्का प्रहार गर्दै विश्कपमा आफ्नो पहिलो शतक समेत पुरा गरे । त्यस्तै जो रुटले ८८ रनको योगदान दिए । ४७ ओभरको चौथो बलमा गुलवदीन नाईबको बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि ८२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रुट र मोर्गनले तेस्रो विकेटका लागि १ सय ८९ रनको साझेदारी गर्दा इंग्ल्यान्डले विशाल योगफल बनाएको हो ।

जोनी बेयरस्टोले ९९ बलमा ८ चौका र ३ छक्का सहित ९० रनको योगदान दिए । ३० ओभरको पाँचौ बलमा कप्तान गुवदीन नाईबले आफैं उत्कृष्ट क्याच लिदै पेभिलिएन फर्काएपछि शतक पुरा गर्न १० रनले चुकेका थिए । बेयरस्टो र रुटलो दोस्रो विकेटका लागि १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
त्यसअघि १० ओभरको तेस्रो बलमा दलावत जदरानले मुजिव उर रहमानबाट क्याच गराउँदै ओपनर जेम्श भिन्सलाई २६ रनमा आउट गराए ।ठूलो शट खेल्ने धुनमा आउट हुनुअघि भिन्सले ३१ बलमा ३ चौका प्रहार गरे ।
तल्लोक्रमका बेन स्टोक्स र जस बटलरले समान २ रनमा आउट भए । त्यस्तै मोइन अलीले ९ बलमा ४ छक्का र १ चौका सहित ३१ रनमा अविजित रहे । अफगानिस्तानका लागि कप्तान गुवदीन नाइब र दलावत जदरानले समान ३ विकेट हात पारे । लेग स्पिनर राशिद खानले ९ ओभरमा १ सय १० रन खर्चेपनि कुनै विकेट लिन सकेनन् ।
योसँगै घरेलु टोली इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । अष्टे«लिया पनि ५ खेलमा ४ मा जित र १ मा हारका साथ समान ८ अंक भएपनि नेट रन रेटले पछि पर्दै दोस्रो स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र भारत चौथो स्थानमा छन् । यी दुबले ४ खेलमा ३ मा जित र १ मा अंक बाड्दै ७ अंक जोडेका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]