6 years ago
June 19, 2019
एजेन्सी – मंगलबार राती सम्पन्न एकदिवसिय विश्वकप क्रिकेटमा अन्तर्गत इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेलमा थुप्रै रेकर्ड बनेका छन् ।
पहिला टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन बनायो । इंग्ल्यान्डले अफगानिस्तानलाई १ सय ५० रनको अन्तरले पराजित गरेको थियो । यी दुई देशबीचको खेलमा केहि राम्रा र नराम्रा ५ विश्व रेकर्ड बनेका छन् ।
१. इओन मोर्गनको १७ छक्का

अफगानिस्तानविरुद्ध रनको पहाड बनाउन कप्तान इओन मार्गनले ७१ बलमा १७ छक्का र ४ चौका सहित १ सय ४८ रन बनाएका थिए । जुन विश्वकप र वान डे क्रिकेटकै एकै ब्याट्सम्यानले एकै खेलमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि सन् २०१५ को विश्वकपमा क्रिस गेलले जिम्बाबेविरुद्ध १६ छक्का प्रहार गरेका थिए । त्यस्तै वान डे क्रिकेटमा गेलसँगै, रोहित शर्मा र एबी डि भिलियर्सको नाममा पनि १६ छक्का रहेको थियो । जुन मोर्गनले तोडे ।
२. विश्वकपमा महँगो बलर राशिद

एक दिवसिय विश्वकप क्रिकेटमा एकै खेलमा सर्वाधिक रन खर्चने बलर अफगानिस्तानका लेग स्पिनर राशिद खान बनेका छन् । राशिदले ९ ओभरमा १ सय १० रन खर्चिदा कुनै विकेट लिन सकेनन् । वान डे क्रिकेट इतिहासमा भने सर्वाधिक महँगो बलर अष्ट्रेलिया मिक लुईसले १० ओभरमा १ सय १३ रन खर्चेका छन् ।
३. एकै बलरलाई ११ छक्का
स्पिनर राशिद खानको नाममा अर्को पनि खराब विश्व रेकर्ड बन्न पुग्यो । राशिदले १ सय १० रन खर्चिदा कुल ११ छक्का खाए । जुन वान डे क्रिकेटमा एकै बलरले एकै इनिङमा खर्चेको सर्वाधिक छक्का हो ।
४. एकै इनिङमा २५ छक्का (इंग्ल्यान्ड)

इंग्ल्यान्डले एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने टिम बनेको छ । रनको पहाड बनाउन इंग्ल्यान्डका ब्याट्सम्यानले कुल २५ छक्का प्रहार गरे । जुन एकै इनिङमा बनेको सर्वाधिक छक्का समेत हो । इंग्ल्यान्डले आफ्नै रेकर्ड तोडेको हो । यस अघि गत फ्रेवुअरीमा इंग्ल्यान्डले वेस्ट इन्डिजसँगको खेलमा २४ छक्का प्रहार गरेको थियो । इंग्ल्यान्डका इओन मोर्गनले १७,मोइन अलीले ४,जोनी बेयरस्टो ३ र जो रुटले १ छक्का प्रहार गर्दा कुल २५ छक्का प्रहार भएका थिए ।
५. एकै खेलमा ३३ छक्का
इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेलमा कुल ३३ छक्का प्रहार भए । जुन विश्वकपमा एकै खेलमा सर्वाधिक छक्का समेत हो । इंग्ल्यान्डको ब्याट्सम्यानले २५ र अफगानिस्तानतर्फबाट ८ छक्का प्रहार भएको थियो । यसअघि विश्वकपमा सन् २०१५ मा न्युजिल्यान्ड र वेस्ट इन्डिजको खेलमा कुल ३१ छक्का प्रहार भएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]