6 years ago
June 19, 2019
सप्तरी(हाम्रो खेलकुद) – राजविराजमा जारी दोस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगमा बुधबारतिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्स विजयी भएका छन् । बुधबार रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गर्यो।

दोश्रो जित सहित रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। रुपनीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्रै बनाउन सक्यो।
डाक्नेश्वरीको लागि प्रेम तामाङले १८,अविनाश कर्ण र राहुल मण्डलले समान १५ रन बटुले। रुपनीका पासवानले सर्वाधिक ३ विकेट लिए । अनोज यादब र सैदुल्लाह अन्सारीको नाममा २ विकेट रह्यो ।
त्यस अघि टस हारेर ब्याटिङ थालेको रुपनी राइडर्सले १९.५ ओभरमा अल आउट हुँदै १ सय ४४ रन बनाएको थियो । रुपनीको लागि ओपनर सोनु अन्सारीले आक्रामक ब्याटिङ गर्दै मात्र २३ बलमा ४ छक्का र ४ चौकाको सहयोगले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अनोज यादबले अन्तिममा ५ छक्का प्रहार गर्दै २३ बलमा ३६ रन बनाए ।
कप्तान मेहबुब आलमले १६ तथा हसिम अन्सारीले १५ रन जोडे । डाक्नेश्वरी ड्रागनका लागि अफ-स्पिनर दिपेश कंडेलले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए । यस्तै पुष्प थापा र प्रेम तामाङले समान २ विकेट लिए ।
पहिलो खेलमा तिलाठी कोइलाडी जायन्टले बजाज खडक वारियर्सलाई ८ विकेटले सहजै पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । प्रतियोगितामा खडक वारियर्सको यो दोश्रो हार हो। १ सय ३२ रनको विजय लक्ष्य पछ्याएको तिलाठी कोइलाडीले मात्र २ विकेट गुमाएर २४ बल अगावै पुरा गर्यो।
तिलाठी कोइलाडीको जितमा ओपनर सुनिल धमलाले आक्रामक ब्याटिङ गदै ८४ रनमा अविजित रहे । धमलाले ५५ बलमा १० चौका र २ छक्का प्रहार गरे। यस्तै सुरज पटेलले ३४ रन बनाए। धमला र पटेलले तेश्रो विकेटको लागि ८७ रनको अविजित साझेदारी गरेका थिए।
त्यस अघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । वारियर्सको लागि कप्तान राजेश पुलामीले सर्वाधिक ५० रन बनाए । ५० बलमा ३ चौका र ३ वटै छक्का प्रहार गरे।
यस्तै अमित दासले २६, अमल दासले १७ तथा सुधिर चौधरीले १२ रन जोडे। एक समय ५४-६ को कमजोर अवस्थामा पुगेको वारियर्सलाई पुलामी र अमितले सातौँ विकेटको लागि ७६ रनको साझेदारी गर्दै उकासेका थिए। तिलाठी कोइलाडीको लागि सुनिल धमला र कमल ओलीले समान २ विकेट तथा रोहित सिंह, अनिल यादब र विकास दासले १-१ विकेट लिए। सुनिल धमला खेलमा म्यान अफ द म्याच चुनिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]