default_image

6 years ago

June 22, 2019

शामीको ह्याट्रिकसँगै अफगानिस्तान जितबाट बन्चित

109 views

0 Bookmark

एजेन्सी – अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक लिएपछि एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भारतले अफगानिस्तानलाई ११ रनको झिनो अन्तरले पराजित गरेको छ ।

मोहमद शामीले बलिङ गरेको अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा मोहमद नाबीले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बल नाबीले डट खाए । त्यसलगत्तै अर्को बलमा नाबी लामो सट खेल्ने धुनमा क्याचआउट भए । त्यसपछि शामीले लगातर दुई योर्करमा अफताब आलम र मुजिब उर् रहमानलाई बोल्ड गरेपछि २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो ।

नाबीलाई हार्दिक पान्ड्याबाट ५२ रनमा क्याच आउट गराएपछि अफगानिस्तानको जित टाढिएको थियो । उत्कृष्ट प्रर्दशन गर्दै भारतलाई निरन्तर दबावमा राखेका नाबीले ५५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । सुस्त सुरुवात गरेको अफगानिस्तानले ओपनर हज्रतुल्लाह जजाईलाई १० रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि गुवदीन नाइब र रामत शाहले ४४ रनको साझेदारी गर्दै इनिङ उकासे ।

१७ औं ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले नाइबलाई २७ रनमा विजय शंकरबाट क्याच गराउँदै पेभिलिएन फर्काए । उनले ४२ बलमा २ चौका प्रहार गरे । २९ ओभरको चौथो बलमा जसप्रित बुमराहले शाहलाई युजवेन्द्र चाहलबाट क्याच गराउँदै ३६ रनमा आउट गरे । उनले ६३ बलमा ३ चौका प्रहार गरे । लगत्तै एकबलपछि बुमराहले हशमतुल्लाह साहिदीलाई आफैं क्याच लिदै २१ रनमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो । राशिद खानले १४ रनको योगदान दिए ।

भारतको जितमा नायक बनेका मोहम्मद सामीले ९.५ ओभरमा १ मेडन सहित ४० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, युजवेन्द्र चाहल र हार्दिक पान्ड्याले समान २ विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रनमात्रै बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए । ३१ ओभरको तेस्रो बलमा मोहम्मद नाबीले रमात शाहबाट क्याच आउट गराउनु अघि विराटले ६३ बलमा ५ चौका प्रहार गरे ।

भारतले ओपनर रोहित शर्मालाई १ रनमा गुमाएको थियो । उनलाई मुजिब उर रहमानले एलवी डब्लू आउट गरे । मोहम्मद नाबीले १५ ओभरको दोस्रो बलमा हज्रतुल्लाह जजाईबाट क्याच आउट गराउँदै अर्का ओपनर के एल राहुललाई ३० रनमा पेभिलिएन फर्काए । विजय शंकरलाई रहमात शाहले २९ रनमा एलवी डब्लू गरे । त्यस्तै विकेटकीपर महेन्द्रसिंह धोनीले ५२ बलमा ३ चौका सहित २८ रनमात्रै जोड्न सके । केदार जाधवले ६८ बलमा ३ चौका र १ छक्का सहित ५२ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ७ रनमा क्याच आउट भए ।

अफगानिस्तानका लागि मोहम्मद नाबी र कप्तान गुलवदीन नाइबले समान २ विकेट हात पारे । राशिद खान, रमात शाह,मुजिव उर रहमान,अफ्तव आलमको नाममा समान १ विकेट रह्यो ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.