6 years ago
June 24, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवारको खेलमा बंगलादेशले अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६२ रन बनायो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट प्रर्दशन गरे । ४९ ओभरको तेस्रो बलमा मोहम्मद नाबीबाट क्याच आउट हुनुअघि रहिमले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै महत्वपूर्ण ८३ रनको योगदान दिए ।
बंगलादेशले मध्यम सुरुवात गरेको थियो । पहिलो विकेटका रुपमा पाँचौ ओभरको दोस्रो बलमा मुजिव उर रहमानले लिटन दासलाई १६ रनमा क्याच आउट गराए । १७ ओभरको अन्तिम बलमा मोहम्मद नाबीले बोल्ड आउट गर्नुअघि अर्का ओपनर तामिम इकवालले ५३ बलमा ४ चौका प्रहार गर्दै ३६ रन जोडे । तेस्रो विकेटका लागि मुश्फिकुर रहिम र सकिब अल हसनले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

यी दुईबीचको साझेदारी ३० ओभरको दोस्रो बलमा मुजिवले सकिबलाई ५१ रनमा एलवी डब्लू आउट गर्दै तोडे । सकिबले ६९ बलमा १ चौका प्रहार गरे । सौम्य सरकारलाई मुजिवले ३ रनमा एलवी डब्लू आउट गरे । महमुदुल्लाहलाई कप्तान गुलबदीन नाइबले मोहम्मद नाबबाट ४३ ओभरको अन्तिम बलमा २७ रनमा क्याच आउट गराए । मोसाद्देक हसनले २४ बलमा ४ चौका सहित ३५ रन बटुले ।
अफगानिस्तानका लागि मुजिव उर रहमानले १० ओभरमा ३९ रन खर्चेर ३ विकेट हात पारे । कप्तान गुलवदीन नाइबले २ विकेट लिदा मोहम्मद नाबी र दवालत जदरानको नाममा समान १ विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]