default_image

6 years ago

June 26, 2019

आसिफ र जोरालाई ‘विश्राम’ !

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीबाट खेलिसकेका दुई ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोरा नेपाली यू-१९ टोलीमा नपर्नुको कारण प्रमुख प्रशिक्षक विनोद दासले खुलाएका छन् ।

सन्दीप जोरा

मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको थियो। जसमा तीन नयाँ खेलाडीले पहिलो पटक यू१९ टोलीमा स्थान बनाए । यू-१६ टोलीका कप्तान विशाल विक्रम केसी, लेग स्पिनर तिलक भण्डारी र युवा ब्याट्सम्यान तथा विकेटकीपर खडक बोहोरा पहिलो पटक यू१९ टोलीमा परे ।

दुई महिनाअघि यू-१९ विश्वकप छनोटमा रहँदै टोलीको कप्तानी समेत गरिसकेका विकेटकीपर ब्याट्सम्यान आशिफ शेख, सिनियर टोलीबाट खेल्दै टी-ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान रचेका सन्दीप जोरा, घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने स्पिनर सुर्य तामाङ र शीर्षक्रमका ब्याट्सम्यान अभिषेक बस्नेत मंगलबार घोषित टोलीमा अट्न सकेनन् । बुधवार अभ्यासको क्रममा टियु क्रिकेट मैदानमा व्यस्त रहेका प्रशिक्षक विनोद दासले हाम्रोखेलकुदसँग कुरा गर्दै सन्दीप जोरा र आशिफ शेख टोलीमा नपर्नुको कारण प्रष्ट पारेका छन् ।

‘सन्दीप र आशिफले लगातार ३-४ वर्षदेखि उमेर समूहको क्रिकेट खेलिरहेका छन् । जोरा सिनियर टिममा परिसक्यो । आशिफले पनि घरेलु क्रिकेटमा राम्रो छवि बनाई सकेको छ । मलाई के लाग्यो भने उनीहरुलाई विश्राम दिएर नयाँ युवा खेलाडीलाई मौका दिने यो सहि समय हो,’ प्रशिक्षक दासले भने। यो समय युवा खेलाडीलाई मौका नदिए एसिया कपपछि नेपाली यू-१९ टोलीमा अनुभवी खेलाडीको कमी हुने दास बताउँछन् ।

आसिफ शेख

‘जोरा र आशिफको उचित विकल्प पनि हामीसँग अहिले टोलीमा थियो । त्यहि भएर हामीले अहिले नै विश्राम दिनु उचित ठान्यौं । एसिया कपसम्म पर्खनुभन्दा अहिले नयाँ खेलाडीलाई अवसर दिँदा  उनिहरुके केहि अनुभव बटुल्छन र आगामी प्रतियोगितामा राम्रो प्रर्दशन गर्छन्,’ उनले भने । सन्दीप र आशिफलाई टिमबाट निकालिएको नभएर विश्राम दिइएको दासले बताए ।

‘खराब प्रर्दशन कारण होइन । जोराको त्यति खराब प्रर्दशन पनि छैन । हो, उनले विश्वकप छनोटमा राम्रो प्रर्दशन गर्न सकेनन् । टि-२० विश्वकप छनोटको लागि सिनियर टोलीको बन्द प्रशिक्षणमा पनि रहेकाले जोरालाई छाड्नु उचित ठान्यौं । आशिफले विश्वकप छनोटमा तीन खेलमा मात्रै पाएको थियो । विकल्प पनि रहेकाले उनलाई विश्राम दियौं,’ युवा खेलाडीलाई मौका दिन यो कदम चालिएको दासले प्रष्ट पारे ।

‘नयाँ खेलाडीहरुले मौका पाएका छन् । आगामी दुई वर्ष अर्थात सन् २०२२ को यू-१९ विश्वकप खेल्ने लक्ष्यका साथ अहिलेदेखि नै टिम निर्माण गर्ने प्रयास गरेका छौं । यू-१६ प्रतियोगिता र प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरेकालाई भविष्यलाई मध्यनजर गर्दै मौका दिने निर्णय लियौं,’ प्रशिक्षक दासले थपे । सन् २०२२ को यू-१९ विश्वकप खेल्ने हो भने अहिलेदेखि नै नयाँ खेलाडीलाई अवसर दिंदै लैजानुपर्ने दासको तर्क छ । यस पटक नेपाली टोलीको सबैभन्दा बलियो पक्ष ब्याटिङ रहेको र उपाधि जित्नेमा विश्वस्त रहेको उनले बताए ।

मलेसियामा जुलाई २ देखि १० सम्म चल्ने प्रतियोगितामा सहभागिता जनाउन नेपाल आइतबार त्यसतर्फ लाग्दैछ । समुह ‘ए’ मा रहेको नेपालले सिंगापुर, म्यानमार र चीनसँग समुह चरणमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुर, ६ जुलाईमा चीनसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।

यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । प्रतिस्पर्धीहरु हेर्दा नेपाल यस प्रतियोगिताको प्रमुख दाबेदार टोली मानिन्छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.