6 years ago
June 27, 2019
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् । इंग्ल्यान्डमा जारी एक दिवसिय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजजारी खेलमा सुरुवाती ३७ रन बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो २० हजार रन पुरा गर्ने कीर्तिमान रचेका हुन् ।

कोहलीले टेष्ट,वान डे र टी ट्वान्टी गरि सर्वाधिक छिटो २० हजार अन्तर्राष्ट्रिय रन पुरा गरेका हुन् । कोहलीले ४ सय १७ इनिङमा यो सहफलता हात पारे । यस अघि भारतीय टोलीका पुर्व कप्तान सचिन तेन्दुलकर र वेस्ट इन्डिजका पुर्व कप्तान ब्रायन लाराले ४ सय ५३ इनिङमा यो सफलता हात पारेका थिए ।
विराट कोहलीले हालसम्म ७७ टेष्ट १ सय ३१ इनिङ, २ सय ३१ वान डे खेलमा २ सय २३ तथा ६७ टी ट्वान्टीमा ६२ इनिङमा ब्याटिङ गरेका छन् । कोहलीले टेष्टमा ६ हजार ६ सय १३,वान डेमा ११ हजार १ सय ३१ र टी ट्वान्टीमा २ हजार २ सय ६३ रन बनाएका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]