6 years ago
June 27, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसिय अन्र्तराष्ट्रिय क्रिकेट (वान डे) को वरियता नेपाल खस्किएको छ । बिहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झदैं १५ औं स्थानमा पुगेको छ ।

नेपाल यस अघि १४ औं स्थानमा थियो । नयाँ वरियता अनुसार १४ औं स्थानमा स्कटलल्यान्ड रहेको छ । नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १५ औं स्थानमा पुगेको हो । नयाँ वरियता अनुसार भारत शीर्ष स्थानमा उक्लिएको छ ।
भारतले इंग्ल्यान्डलाई पछि पारेको हो । दोस्रो स्थानमा इंग्ल्यान्ड,तेस्रो स्थानमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया छ । नेपालभन्दा पछि युएई १६ औं र पप्पुवा न्युगिनी १७ औं स्थानमा छ । टि ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत छ ।
वान डे मान्यतायता नेपालले हालसम्म ६ वान डे खेल खेलेको छ । पछिल्लो समय नेपालले गत माघमा यूएईसँग ३ वान डे सिरिज खेल्दै २–१ ले जितेको थियो । नेपालले त्यस यता भने कुनै वान डे खेल खेलेको छैन ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]