default_image

5 years ago

June 28, 2019

दक्षिण अफ्रिकालाई स्तब्ध पार्ने दाउमा श्रीलंका

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । उसको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ । यता ६ […]

15 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ ।

७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । उसको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ ।

यता ६ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा रहेको श्रीलंकाको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणितीय संभावना बाँकी छ । आज सहित बाँकी दुबै खेलमा विजयी भए र अन्य टोलीको नतिजा आफुअनुकु आएको खण्डमा श्रीलंका सेमिफाइनलमा पुग्न सक्ने अंक गणितीय झिनो संभावना देखिन्छ । आजको खेलमा पराजित भए श्रीलंकाको पनि अघिल्लो चरणको यात्रा लगभग समाप्त हुने छ ।

यसअघि उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डलाई स्तब्ध पारेको श्रीलंकाको मनोबल पनि उच्च छ । श्रीलंकाका लागि कप्तान दिमुथ करुणारत्ने,तीब्र गतिका बलर लाथिस मलिङ्गा र कुशल परेरा प्रमुख हतियार हुन् । मिडिल अडरका ब्याट्सम्यानको खराब प्रर्दशनले श्रीलंका भने केहि समस्यामा देखिन्छ ।

यता आसा गरेभन्दा खराब प्रर्दशन गरि रहेको दक्षिण अफ्रिका लागि ओपनर क्विन्टन डी कक,कप्तान फाफ डु प्लेसिस र स्पिनर इमरान ताहिरको प्रर्दशन अफ्रिकाको लागि महत्वपूर्ण हुने छ । तीब्र गतिका बलर कागिसो रबडाको खराब प्रर्दशन अफ्रिकाको लागि ठूलो चिन्ताको विषय हो ।

विश्वकपमा यी दुई देशबीच ५ खेल भएको छ । जसमा दक्षिण अफ्रिका ३ खेलमा विजयी हुँदा १ मा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ । यी दुईदेशबीच ७६ वान डे खेल भएको छ । जसमा दक्षिण अफ्रिका ४३ खेलमा विजयी हुँदा ३१ खेलमा पराजित भएको छ । २ खेलको नतिजा विहिन छ ।

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.