6 years ago
July 3, 2019
एजेन्सी – नेपालले एसीसी यू१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

नेपालले दोस्रो खेल आगमी शुक्रबार सिंगापुरसँग खेल्ने छ । सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र उप विजेताको टुङ्गो लाग्ने छ । चीन मंगलबार सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो ।
बुधबार चीनले प्रस्तुत गरेको ५४ रनको लक्ष्य नेपालले ५ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्यो । नेपालको सहज जितमा सिनियर टिमबाट खेलि सकेका ओपनर पवन सरार्फ २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । त्यस्तै रित गौतम १० बलमा १ चौका सहित रनमा १० नट आउट रहे ।
त्यसअघि किनारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटियो । नेपालको घातक बलिङ सामु चीनका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
पहिलो विकेटका लागि लियाङ चेन र गौओ गाओले ६ ओभरमा १८ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी छैटौं ओभरको अन्तिम बलमा सागर ढकालले गाओलाई १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराउँदै तोडे । उनले २४ बलमा २ चौका प्रहार गरे । आगो आउट भएसँगै चीनको विकेट पतन सुरु भएको थियो । कुनै पनि ब्याट्सम्यान नेपाली बलरको कसिलो बलिङमा मैदानमा लामो समय टिक्न सकेनन् ।

सातौं ओभरको पाँचौ बलमा लियुगान वाङलाई कमलसिंह ऐरीले भिम सार्कीबाट क्याच गराउदै शून्यमा पेभिलएन फर्काए । सागरले आठौं ओभरको अन्तिम बलमा वेई गुओलीलाई २ रनमा स्टम्पिङ आउट गराए ।
यसै खेलबाट यू१९ टोलीमा डेब्यू गरेका तिलकराज भण्डारीले १५ ओभरको पहिलो बलमा झु येन फेङ्गलाई ४ रनमा बोल्ड आउट गरे । तिलकलेनै १७ ओभरको अन्तिम बलमा ओपनर लियाङ चेनलाई १३ रनमा विकेटकीपर हरि बहादुर चौहानबाट क्याच गराउँदै पेभिलिएन फर्काए ।
एयु क्विन युन डक,रुई होयु ३,झुओयई चेन २,तियान सने क्युन डक आउट भए ।
चीनलाई सस्तैमा रोक्न सागर ढकालले ९।१ ओभरमा ३ मेडन सहित १९ मात्रै रन खर्चेर ६ विकेट लिए । त्यस्तै तिलक राज भण्डारीले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट हात पारे । कमलसिंह ऐरीको नाममा विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]