6 years ago
July 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फल्डिङ गर्ने भएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित कुमार पौडेलले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । विशाल विक्रम केसीको स्थानमा तीब्र गतिक बलर कमलसिंह ऐरीलाई मौका दिएको छ । विशालसँगै प्रतिस जिसी र लोकेश बहादुर बमलाई बेन्चमा राखेको छ । आज अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर पनि भिड्दै छन् । हङकङ समुह बी को विजेता र घरेलु टोली मलेसिया उप विजेता हो । नेपाल समुह ए को विजता र सिंगापुर उप विजेता हुन् ।
नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । मलेसियाले समुह चरणमा भुटानलाई २ सय ६० रनले पराजित गर्दा थाईल्यान्डमाथि १६ रनको जित निकालेको थियो । समुह चरणको अन्तिम खेलमा हङकङसँग ३ रनले पराजित हुँदा उप विजता बन्नु परेको हो । नेपालले मलेसियामाथि निरन्तर जित निकाल्दै आएको छ ।
यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।
नेपालको प्लेइङ ११ :
१.रोहित कुमार पौडेल (कप्तान)
२.पवन सरार्फ
३.राशिद खान
४.रित गौतम
५.हरि बहादुर चौहान
६.कमल सिंह ऐरी
७.तिलक भण्डारी
८.भिम सार्की
९.कुशल मल्ल
१०.सागर ढकाल
११.खडक बहादुर बोहरा
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]