default_image

6 years ago

July 8, 2019

नेपालको सानदार सुरुवात

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध उत्कृष्ट प्रर्दशन जारी राखेको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको मलेसियाले २२ ओभरसम्म ५५ रन बनाउन ५ विकेट गुमाएको छ।पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट शुन्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।

दोस्रो विकेटका लागि मोहम्मद आमिर र वान अमीरुलले ३७ रनको साझेदारी गरे । १२ ओभरको अन्तिम बलमा कुशल मल्लले आमिरलाई २४ रनमा बोल्ड आउट गर्दै तोडे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । सागर ढकालले १५ ओभरको दोस्रो बलमा विश्वरुवेन कुमारलाई आफैं क्याच लिदै ३ रनमा पेभिलिएन फर्काए ।

१७ ओभरको पहिलो बलमा सागरले ओेपनर वान इमीरुललाई ११ रनमा पेभिलिएन फर्काए । उनले ४६ बललमा १ चौका प्रहार गरे । त्यस्तै विजय उन्नी १ रनमा रन आउट भएका छन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.