6 years ago
July 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनरहरुको कसिलो बलिङसँगै घरेलु टोली मलेसियाले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटियो । पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट शुन्यमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए ।
दोस्रो विकेटका लागि मोहम्मद आमिर र वान अमीरुलले ३७ रनको साझेदारी गर्दै थोरै इनिङ उकासेका थिए ।
१२ औं ओभरको अन्तिम बलमा कुशल मल्लले सर्वाधिक रन बनाउने आमिरलाई २४ रनमा बोल्ड आउट गरे । उनले ३२ बलमा ३ चौका प्रहार गरे । सागर ढकालले १५ ओभरको दोस्रो बलमा विश्वरुवेन कुमारलाई आफैं क्याच लिदै ३ रनमा पेभिलिएन फर्काए । १७ ओभरको पहिलो बलमा सागरले ओेपनर वान इमीरुललाई ११ रनमा पेभिलिएन फकाएपछि मलेसिया संकटमा परेको थियो । उनले ४६ बललमा १ चौका प्रहार गरे ।

नेपालको कसिलो बलिङ सामु मलेसिया तल्लोक्रमका ब्याट्सम्यान पनि क्रिजमा टिकेर खेल्न सकेनन् । तनिस आरोह ७,हैकवाल मोहम्मद खैर १२ रनमा आउट भए । अहमद अकमल आलिफ ३६ बलमा १ चौका सहित १० रनमा रन आउट भए । नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै कुशल मल्लले पनि ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । तिलकराज भण्डारी,राशिद खान र कमल सिंह ऐरीको नाममा समान १ विकेट रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]