6 years ago
July 8, 2019
एजेन्सी – नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । उपाधिको लागि मंगलबार हङकङसँग किनारारा ओभल क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने छ ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियामाथि ७ विकेटको सहज जित हात पार्यो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटिएको थियो । ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा ९० रन बनायो । घरेलु टोली मलेसियालाई हराउँदै नेपाललाई फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी :
भिम सार्की

भिम सार्कीले चीन र सिंगापुरसँगको खेलमा नेपालले सहज जित हात पार्दा ब्याटिङ गर्नु परेन । आजको खेलमा ब्याटिङ गर्ने मौका पाएका भिमले उत्कृष्ट प्रर्दशन गरे । एक समय ६.३ ओभरमा ३०-३ को कमजोर अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि कप्तान रोहित कुमार पौडेलसँग अविजित ६० रनको साझेदारी गर्दै सहज जित पक्का गरे । सो क्रममा भिमले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनको योगदान दिए । भिमलाई रोहितले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रनमा नट आउट रहे ।
कुशल मल्ल
युवा खेलाडी कुशल मल्लले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन् । आजको खेलमा ब्याटिङ गर्ने मौका नपाएपनि बलिङमा उत्कृष्ट प्रर्दशन गर्दै मलेसियालाई सस्तैमा समेट्न महत्वपूर्ण योगदान दिए । कुशलले ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट चट्काए । कुशलले अहमद अकमल आलिफ र मोहम्मद खैरलाई आफ्नो सिकार बनाए । दोस्रो विकेटका लागि आमिर र वान अमीरुलको ३७ रनको साझेदारी तोड्दै नेपाललाई खेलमा फर्काएका थिए ।

उक्त साझेदारी कुशलले १२ ओभरको अन्तिम बलमा आमिरलाई २४ रनमा बोल्ड आउट गर्दै तोडे । आमिर अरु समय मैदान टिकेको भए मलेलियाले ठूलो इनिङ खेल्न सक्थ्यो । त्यस्तै तल्लोक्रममा रन जोड्न खोजि रहेका मोहम्मद खैरलाई १२ रनमा बोल्ड आउट गरेपछि मलेसिया सस्तैमा सेमिटिन पुगेको थियो । कुशलको घातक बलिङमा नेपालले सहज जित हात पार्यो ।
सागर ढकाल

स्पिनर सागर ढकालले आफ्नो उत्कृष्ट लयलाई आजको खेलमा पनि निरन्तरता दिएका छन् । सागरले मलेसियाको मध्यक्रम धरासय बनाउन महत्वूर्ण योगदान दिए । १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट हात पारे । उनको कसिलो बलिङमा मलेसिया सस्तैमा समेटियो । प्रतियोगितामा दोस्रो पटक म्यान अफ द म्याच बनेका उनी म्यान अफ द सिरिजको पनि बलियो दावेदारको रुपमा उभिएका छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]