6 years ago
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङविरुद्ध पहिला फिल्डिङ गर्दै छ ।
किनारारा ओभल क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा जितेर कप्तान रोहित कुमार पौडेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन । सेमिफाइनलमा सोमबार मलेसियाविरुद्ध मैदान उतारेको टोली मैदान उतारेको छ । विशाल विक्रम केसी,लोकेश बहादुर बम र प्रतिस जिसी बेन्चमा रहेका छन् ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियचमाथि ७ विकेटको जित निकालेको थियो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै हङकङले फाइनलमा नेपालसँगको भेट पक्का गर्यो ।
नेपालको प्लेइङ ११ :
१.रोहित कुमार पौडेल (कप्तान)
२.पवन सरार्फ
३.राशिद खान
४.रित गौतम
५.हरि बहादुर चौहान
६.कमल सिंह ऐरी
७.तिलक भण्डारी
८.भिम सार्की
९.कुशल मल्ल
१०.सागर ढकाल
११.खडक बहादुर बोहरा
नेपालले समुह चरणमा चीनलाई १० विकेट र सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको थियो । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]