6 years ago
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । मंगलबार हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल एसीसी यू-१९ एसिया कपको लागि छनोट भएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै च्याम्पियन बनेको हो । नेपालले समुह चरणमा चीन र सिंगापुरमाथि सहज जित निकालेको थियो । सेमिफाइनल खेलमा आयोजक मलेसियालाई पनि सहजै पराजित गरेको थियो ।
च्याम्पियन नेपाल २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । एसिया कपमा नेपाल,भारत,पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेत रहेका छन् । फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाललाई च्याम्पियन बनाउँदा नायक ३ खेलाडी :
३. पवन सरार्फ

नेपाललाई च्याम्पियन बनाउन ओपनर पवन सरार्फको प्रर्दशन मत्वपूर्ण रह्यो । सामान्य रनको लक्ष्य सहजै पुरा गर्न पवनले ३९ रनको योगदान दिए । १२ ओभरको दोस्रो बलमा मोहम्मद हसनले एलवी डब्लू आउट गनुअघि उनले ३६ बलमा ५ चौका र १ छक्का सहित ३६ प्रहा गरे । उनले ओपनर रित गौतमसँग पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गरेका थिए ।
२. कुशल मल्ल

अलराउन्डर कुशल मल्लले हङकङलाई सस्तैमा रोक्न घातक बलिङ गरे । कुशलले ८.१ ओभरमा ५ मेडन सहित ४ रन खर्चेर १ विकेट लिए । कुशलले कुनै पनि समय हङकङका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । कुशलले सागरलाई राम्रो साथ दिदै हङकङलाई सस्तैमा अल आउट गर्दै नेपालको जित पक्का गरे ।
१. सागर ढकाल

स्पिनर सागर ढकालले आफ्नो उत्कृष्ट लयलाई फाइनल खेलमा हङकङविरुद्ध पनि निरन्तरता दिए । हङकङलाई सस्तैमा समेट्न नायक बनेका सागरले १० ओभरमा ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । जसक्रममा शीर्षक्रमका तीन ब्याट्सम्यानलाई शुन्यमा पेभिलिएन फर्काए । सागरले कुनै पनि समय हङकङका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् । निरन्तर दबाबमा राखे । सागरले सम्रग प्रतियोगितामा ४ खेलमा १५ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा शीर्ष स्थानमा रहे ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]